प्रेम कथाका पाँच सिनेमा
टाइटानिक
लियोनार्दो डिकाप्रियो र केट विन्स्टल प्रेमसम्बन्धमा पर्छन्। जेम्स केमरुनले निर्देशन गरेको यो सिनेमामा ‘डिजास्टर’को दृश्य देख्न सकिन्छ। ‘आरएमएस टाइटानिक’ डुबेपछिको दृश्यलाई औपन्यासिकीकरण गरिएको छ, फिल्ममा।
१९ डिसेम्बरमा १९९७ मा रिलिज गरिएको उक्त फिल्मलाई अहिलेसम्म दर्शक ‘मास्टर्स पिस’ को रूपमा हेर्छन्। १४ वटा एकाडेमिक अवार्डमा छानिएको टाइटानिक फिल्म आर्थिक रूपले पनि निकै सफल भएको थियो। एक सय ९५ मिनेटको यो फिल्म नै पहिलो हो जसले सिने जगत्मा बिलियन डलर कमाएको थियो।
नोटबुक
नोटबुक २००४ को अमेरिकन रोमान्टिक फिल्म हो। निक क्यासाभेट्सले निर्देशन गरेको यो फिल्म निकोलस स्पार्कद्वारा लिखित पुस्तक ‘नोटबुक’ कै फिल्मी संस्करण हो। रायन गोसलिङ र राचेल म्याकडाम प्रेममा परेका एक जोडी हुन्।
‘टिन चोइस अवार्ड’, ‘सेटालाइट अवार्ड’, ‘एमटीभी अवार्ड’ जित्न सफल नोटबुकलाई दर्शकले प्रेम दर्शाउन सफल सिनेमाको रूपमा हेर्छन्। एक गरिब केटो धनी केटीको प्रेममा पर्छ। दुर्भाग्य, समाजको निर्माण गरिदिएको विभिन्न घेराका कारण उनीहरूको सम्बन्ध लामो समय टिक्दैन।
ट्वाइलाइट
स्टेफेनिया मेयरद्वारा लिखित उपन्यास ‘ट्वाइलाइट’मै आधारित भएर ट्वाइलाइट सिनेमा ल्याइएको हो। क्याथरिन हार्डविकले निर्देशन गरेको उक्त सिनेमाले क्रिस्टिन स्टेवार्टल (बेला स्वान) र रोबर्ट पेटिसन (एडवार्ड कुलन)को प्रेमसम्बन्धलाई देखाउन खोजेको छ।
कुलन भेम्पायर हो जो केलजकी टिनेजर युवती स्वानको प्रेममा पर्छ। ‘इभिल’ भेम्पायरबाट जोगाउन स्वानले ठूलो भूमिका खेल्छ। सन् २००८ नोभेम्बर २१ तारिखमा रिलिज गरिएको यो सिनेमाले झन्डै तीन सय ९३ मिलियन डलर कमाउन सफल भयो।
बिफोर सनराइज
रिचार्ड लिंकल्याटरले निर्देशन गरेको फिल्म ‘बिफोर सनराइज’ सन् १९९५ को ‘रोमान्टिक’ सिनेमा हो। अमेरिकी नवयुवक जेस र फ्रेन्च युवती सेलिन ट्रेनमा भेट्छन्। छुट्टिनुभन्दा पहिले उनीहरू भियनाको विभिन्न ठाउँमा घुम्ने योजना बताउँछन्। एकअर्कासँग परिचय गर्छन्।
रातको समयमा घुम्न निस्किन्छन्। जिन्दगीको योजना र धारणाको बारेमा एकअर्कालाई बताउँछन्। भियनाको विभिन्न ठाउँमा घुम्दै जाँदा घाम डुबेपछि उनीहरूले एकअर्कामा प्रेम साट्छन्।
एन अफेयर टु रिमेम्बर
सन् १९५७ मा ल्याइएको फिल्म ‘एन अफेयर टु रिमेम्बर’ विशेषत ‘रोमान्स’ सिनेमा हो। लियो मेककेरीले निर्देशन गरेको यो फिल्मलाई ‘ट्वान्टिन्थ सेन्चुरी फक्स’ले वितरण गरेको हो। अमेरिकन फिल्म इन्स्टिच्युटका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट रोमान्टिक सिनेमाको सूचीमा पर्दछ।
इरेन ड्युन र चाल्र्स बोयरको प्रेमसम्बन्धलाई सिनेमाले देखाएको छ। दुईजना प्रेममा पर्छन् र ‘एम्पायर स्टेट विल्डिङ’मा भेट्न सहमतिका साथ छुट्टिन्छन्। सहमतिबमोजिम ६ महिनापछि उनीहरू भनेकै ठाउँमा भेट्छन्।