प्रेमका नाममा बनेका यी ५ स्मारक

प्रेमका नाममा बनेका यी ५ स्मारक

रानीमहल, पाल्पा

रानीमहल। फोटो साभारः @NepalPix

रानीमहल, पाल्पा र स्याङ्जाको संगमस्थल रानीघाटमा कालीगण्डकी किनारमा रहेको छ। यसको वरपर हराभरा रानीवन फैलिएको छ। खड्गशमशेर राणाले आफ्नी प्यारी श्रीमती तेजकुमारी देवीको सम्झनामा यो दरबार बनाएका हुन्।

वि.स १८९२ मा श्रीमतीको अचानक मृत्यु भएको एक वर्षपछि खड्गशमशेरले दरबार निर्माण गरेका हुन्। दरबार निर्माण गर्न भारत तथा विदेशबाट दक्ष कालिगड ल्याइएको थियो। वि.स. १९०२ मा खड्गशमशेरले यो दरबार छाडेर इन्डियातिर बसाइँ सरेपछि हाल रानीमहलको उचित रेखदेख हुन सकेको छैन। रानीमहललाई नेपालको ताजमहल पनि भनिन्छ।

बोल्ड दरबार, न्युयोर्क

बोल्ड क्यासल। साभारः visit1000islands.com

बोल्ड दरबार न्युयोर्कको एक अग्लो द्विपमा रहेको छ। त्यहाँका एक होटल व्यवसायी जर्ज सी बोल्डले आफ्नी श्रीमतीको नाममा यो दरबार बनाएका हुन्। दरबार बनाउन थालेको चार वर्षपछाडि श्रीमतीको मृत्यु भयो। दरबार सन् १९०० मा बनाउन सुरु गरिएको हो।

जर्ज सी श्रीमतीको मृत्युपछाडि त्यो द्विप नै छाडेर हिँडे र कहिल्यै फर्केर आएनन्। यो दरबार हेर्न हजारौं प्रेम जोडी तथा पर्यटक आउने गर्छन्।

ताजमहल, भारत

ताजमहल। साभारः GoUNESCO

प्रेम–प्रतीकको रूपमा भारतको उत्तरप्रदेशमा रहेको ताजमहल चर्चित छ। मुगल सम्राट् शाहजाँका धेरै श्रीमती थिए। श्रीमतीहरूमध्ये तेस्रो मुमताज महललाई उनी अत्यन्त माया गर्थे। उनको स्मृतिमा सम्राट्ले यो महल बनाएका हुन्।

ईस्वी संवत् १६३२ मा सुरु भएको महल निर्माण १६४८ मा पूरा भएको हो। ताजमहललाई भारतको इस्लामी वास्तुकला इतिहासमा सबैभन्दा उत्तम उपलव्धि मानिन्छ। यो ताजमहल बनाउन हजारौं कालिगड तथा चित्रकारले निकै वर्षको समय र आफ्नो बेजोड कलालाई प्रयोग गरेका छन्। महल उत्कृष्ट कलाको एक भव्य नमुना हो।

स्वेल्व नेस्ट दरबार, हास्प्रा क्रिमिया

स्वेल्व नेस्ट दरबार। साभारः wikimedia.org

यो दरबार काला सागरको पानीदेखि एक सय ३० फिट अग्लो स्थानमा अवस्थित छ। दरबार कसले बनायो भन्नेबारे आधिकारिक जानकारी छैन। किवंदन्तीअनुसार, जर्मनका एक व्यक्तिले आफ्नो हनिमुन समयमा उक्त भूखण्डको भ्रमण गरेका थिए।

त्यहाँ पुगेपछि उक्त स्थानमा नयाँ विवाहित जोडीका लागि मञ्जिल महल बनाउने फैसला गरे। केही समयपछि निकै सुन्दर महल तयार पारे। १९२७ को भूकम्पमा यो महलमा केही क्षति पुगे पनि हाल यो महल सबै पर्यटकका लागि खुल्ला गरिएको छ।

कोडै जी मन्दिर, जापान

कोडै जी मन्दिर। साभारः wikimedia.org

एक महिलाले श्रीमान्को मृत्युपश्चात् उनैको सम्झनामा यस मन्दिर निर्माण गरेकी हुन्। टोयोटोमी हिदेयोशीको सन् १५९८ मा मृत्यु भएपछि उनकी पत्नी किता नो मन्डोकोरोले सन् १६०६ मा यो मास्टरमाइन्ड मन्दिर बनाएकी हुन्। बाँचुञ्जेल उनले यही मन्दिरमा पुरोहित बनेर आफ्नो जिन्दगी बिताइन्।

मन्दिर परिसरमा एउटा आकर्षक बगैंचा पनि छ। यस बगैंचाको निर्माण प्रसिद्ध कलाकार कोबरी एनसुको डिजाइनमा गरिएको थियो। जापान सरकारले हाल यो मन्दिरलाई महŒवपूर्ण सांस्कृतिक सम्पत्तिको रूपमा संरक्षण गरेको छ। जापानीहरूले प्रेमको प्रतीकका रूपमा यो मन्दिरको भ्रमण गर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.