कांग्रेस संसदीय दलको नेतामा शाही

कांग्रेस संसदीय दलको नेतामा शाही

सुर्खेत : प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ।कांग्रेसको प्रदेश सभा संसदीय दलले जीवनबहादुर शाहीलाई दलको नेतामा चयन गरेको हो।

दलको नेताका लागि शाहीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।प्रदेश सभामा हुम्लाबाट विजयी भएका शाही कांग्रेसका केन्‍द्रीय सदस्य हुन्। प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट शाही मात्र निर्वाचित भएका थिए।

पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाही मुख्यमन्त्रीको आकांक्षासहित प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए तर यो प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने भएको छ।

हाल प्रदेश सभाका कांगे्रसका ६ जना मात्र सांसद छन्।संसदीय दलको नेताका लागि शुक्रवार वीरेन्द्रनगरमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो।

६ जना सांसद मध्ये शाहीले मात्र। दलको नेताका लागि उम्मेदवारी दिएपछि उनी निर्विरोध चयन भएका हुन्।दलको नेतामा चयन भएपछि शाहीले प्रदेश सभाका सशक्त भूमिका निर्वाह गर्ने बताए।प्रदेशको समृद्धिका लागि सरकारलाई रचनात्मक सहयोग गर्ने उनको भनाइ छ।

शाहीलाई दलको नेता चयन भएको प्रमाणपत्र प्रदान गर्दै कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले प्रदेशको विकासमा नेतृत्वदायी भूमिका खेल्न आफ्नो पार्टी तयार रहेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.