भीम आचार्यले भनेः शेरधनको जित पनि मेरै हो

भीम आचार्यले भनेः शेरधनको जित पनि मेरै हो

बिराटनगर: नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा पराजित भएपछि भीम आचार्यले पार्टीलाई एक बनाएर लानुपर्ने बताएका छन् ।

एमालेका सचिव समेत रहेका आचार्यले शेरधन राईसँग २ मतले पराजित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एक नम्बर प्रदेशलाई समृद्ध बनाउन आफूले सघाउने दाबी गरे ।

‘हामी एउटा विधि र प्रक्रियामा गएका हौँ । निर्वाचनमा हामी अलग थियौँ अब एकै भयौँ’, उनले भने, ‘यसो गरेर जानै पर्ने पनि थियो । यस्तो हुँदा मैले हारेँ, तर अब हामी एक भएर अघि बढ्छौँ ।’

पार्टीलाई एकढिक्का बनाउन आफू सक्रिय हुने आचार्यको भनाई थियो । ‘शेरधन राईको जित पनि मेरै हो’, उनले भने, ‘प्रदेश एकलाई समृद्ध बनाउन मेरो सहयोग जारी रहन्छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.