कांग्रेस बैठक: प्रदेश संसदीय दलको विधान पारित

कांग्रेस बैठक: प्रदेश संसदीय दलको विधान पारित

काठमाडौं: नेपाली कांग्रेसले प्रदेशको संसदीय दलको विधान पारित गरेको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको केन्द्रीय समितिको बैठकले संसदीय दलको विधान पारित गरेको हो। कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रदेशमा कांग्रेसको भुमिकाबारे विधान बनाइएको बताए ।

‘सबै प्रदेशमा निलको अवस्थामा छ, यो अवस्थामा कांग्रेसलाई कसरी लाने, प्रदेशमा कांग्रेसको भुमिका कस्तो हुने ? यिनै कुरा विधान समेटर विधान बनाइएको छ’, उनले भने ।

खतिवडाले नयाँ बन्ने सातै प्रदेशमा कांग्रेसको सरकार नहुने अवस्थामा प्रतिपक्षमा बसेर कस्तो भुमिका निवाह गर्ने त्यो अत्यन्त महत्वपूर्ण रहेको बताए। 'प्रदेश ६ मा राष्ट्रिय सभामा कांग्रेस निल भएको छ', उनले भने, 'प्रत्यक्षमा पनि एक सिट मात्र जितेको छ , त्यस्तो अवस्थामा कांग्रेस कसरी अगाडि बढ्ने, त्यो अति महत्वपूर्ण छ ।’

पार्टी केन्द्रीय सदस्य मिनेन्द्र  रिजालको संयोजकत्वका गठित विधान मस्यौता समितिले तयार पारेको प्रदेशको संसदीय दलको विधान केन्द्रीय समितिले पारित गरेको हो। कांग्रेसले प्रदेश सभामुखमा कसैलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ।

'सभामुख सबैको साझा हुने भएकाले उम्मेदवारी नदिने निर्णय गरेको छ। उपसभामुखमा कांग्रेसलाई इच्छा प्रकट गरेको छ। नेता खतिवडाले संसदमा सबैलाई समेटेर लानुपर्ने बताए। उनले भने,‘कांग्रेसको बहुमत हुदाँ पनि संसदमा सबै प्रतिनिधित्व होस भनेर अरु उपसभामुख दिएका हौं ।’

बैठकमा प्रतिनिधि सभाका समानुपातिक कसैलाई पनि दोह्याउन नहुने विषयमा छलफल भएको थियो। उनले राष्ट्रिय सभामा तीनजना मनोनयन गर्ने लगायतका सबै निर्वाचनको प्रक्रिया पुरा गरेर कांग्रेस सरकारबाट बाहिरिने बताए। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.