राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ । निर्वाचन आयोगमा आयोजित पत्रकारसम्मेलनमा आयोगका सचिव वेगेन्द्रराज शर्माले राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे आज औपचारिक जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।

उनका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित भएका छन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन यहि माघ २४ गते भएको थियो ।

उक्त निर्वाचनमा नौ राजनीतिक दलले भाग लिएका थिए । नेकपा एमालेका ११, नेपाली कांग्रेसका ६, माओवादी केन्द्रका तीनजना महिला र अर्का एक दलका एक निर्वाचित भएका छन् ।

राष्ट्रियसभा सदस्यमा नेकपा एमाले २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनता पार्टीका दुई र संघीय समाजवादी पार्टी नेपालका दुईजना उम्मेदवार निर्वाचित भएका छन् ।

प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांग वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.