कविता : एउटा तस्बिर
सम्झिएर केही भन्न खोज्छु
लजाएर सर्माएर
झुक्छ मेरो मन
हावा यो बतासजस्तै उड्दा
टाढा धेरै पर
आकाश चुम्दा बन्छ
चंगा लटाई मेरो मन ।
नदीनाला खोला सबै देख्छु
सयर सधैं
हरियाली वनपाखा
पहाड जम्मै डुल्छु
लालीगुराँस मेरो मन
मुस्कुराउँदा सेतो हिमाल
त्यही बेला,
सम्झिएर केही भन्न खोज्छु
लजाएर सर्माएर
झुक्छ मेरो तन ।
कलकल बग्ने पानी छहरा
भेल भयो मेरो मन
उठ्छु फेरि जाग्छु
आँट्छु अब त केही बोल्छु
दिल खोल्छु
तर लजाएर सर्माएर झुक्छ
प्यासी मेरो मन ।
हेर प्रिय !
अन्धकारमा सधैं हिजोआज
जप्छु तिम्रो नाम
याद तिम्रो
कुनाकानी यताउता जताततै
छाम्छु/हेर्छु—
रहर जाग्दा
देख्दिनँ कुनै सपनी ।
झल्याँस्स बिउँझिँदा—
सिवाय रित्तो आ“गन
छैन कतै नाम निशान ।
यकिन गर प्रिय !
धमिलो एउटा तस्बिर
याद तिम्रो
त्यसै भित्र म
आकाशमा तारा गन्दै
कुहुकुहु कोयल स“गै
लोलाउँछ घायल मेरो मन ।।।