प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्वाचित
काठमाडौं : प्रदेश ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठको मात्रै सभामुखमा उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो ।
श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । एमाले वैकल्पिक पोलिब्यूरो सदस्य एवंं उपत्यका इन्चार्ज समेत रहेका श्रेष्ठ काठमार्डौ जिल्ला विकास समिति पूर्व सभापति रहेका थिए । आधिकारिक घोषणा भने साढे १ बजेपछि गरिनेछ ।