जहाँ छु त्यहाँबाट देशको हित नहुने भए फड्को हान्छु : प्रचण्ड

जहाँ छु त्यहाँबाट देशको हित नहुने भए फड्को हान्छु : प्रचण्ड

चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका छन्। महाबौद्ध गुम्बा, तीनखोलेको समुद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताए।

‘म अहिले जहाँनेर छु त्यहाँबाट देशको हित नहुने भयो भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै लाग्दैन’, प्रचण्डले भने, ‘अब प्रचण्ड भनेकै त्यही भइसक्यो। माओवादी भनेकै त्यही भइसक्यो। अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडि बढ्ने।’

उनले बुद्ध धर्मको संरक्षण गर्न अधिकार सम्पन्न प्राधिकरण आवश्यक भएको बताए। गुम्बा निर्माण समितिभन्दा प्रभावकारी र शक्तिशाली निकाय आवश्यक परेको भन्दै उनले प्राधिकरण निर्माणमा जोड दिए।

संविधानले सबै धर्मलाई समान रुपमा सम्मान गरेको उल्लेख गर्दै उनले तर हाम्रो संस्कार त्यस्तो बनिनसकेको बताए। राजनीतिले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न नहुने बताउँदै उनले जनताको आफ्नो आस्था नखोसियोस् भनेर राज्यलाई धर्मनिरपेक्ष घोषणा गरिएको बताए।

उनले झड्केलो सन्तानका रुपमा अरु धर्मलाई हेरिने गरेको बताउँदै भने, ‘सिद्धान्तमा स्थापित छ, तर व्यावहारिक बनाउन सकिएको छैन।’ बुद्ध धर्म प्रगतिशील भएको बताउँदै उनले शान्तिका लागि बुद्धधर्मले महत्वपूर्ण भूमिका खेलेको बताए।

चितवनको विकास, राजनीति र भाषाभाषीलाई चासो र चिन्ताका रुपमा आफूले लिएको बताउँदै उनले सुन्दर, सभ्य जिल्लाका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम गर्न सकिने बताए।

काँग्रेससँग संवाद र सहकार्य नगरी विकास अगाडि बढ्न नसक्ने बताउँदै उनले सबैलाई सहमतिमा ल्याएर देशको विकास गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिक पद्धतिको लडाइँको अन्त्य भएको भन्दै अब विकासका लागि अघि बढ्नुपर्ने बताए। अब बन्ने वाम गठबन्धनको सरकारलाई विकासको चुनौती रहेको बताउँदै उनले जनताको आशा र अपेक्षाअनुसार काम गर्नसमेत आग्रह गरे।

कार्यक्रममा गुम्बा निर्माण समितिका निर्देशक नरेन्द्रकुमार गुरुङ, पूर्व अध्यक्ष टेकप्रसाद गुरुङ, भिक्षु कमल भण्डारीलगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा गुम्बा निर्माण समितिका पूर्व अध्यक्ष देवेन्द्रबहादुर गुरुङलाई अभिनन्दन गरिएको थियो।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.