लेस्टरको पोस्टमा अग्वेरोको चार गोल, सिटीको रवाफिलो जित
काठमाडौँः यो सिजन उत्कृष्ट खेलिरहेको म्यानचेस्टर सिटी र उसका स्ट्राइकर सर्जियो अग्वेरोले गएराति लेस्टरमाथि रवाफिलो जित दर्ता गरे । अग्वेरो एक्लैले ह्याट्रिकसहित चार गोल गरेको सिटीले इङ्लिस प्रिमियर लिगको पूर्वविजेता लेस्टर सिटीमाथि ५–१ को जित दर्ता गरायो ।
घरेलु मैदानमा ५४ हजार दर्शमाझ लेस्टरलाई सजिलै पराजित गर्ने क्रममा सिटीका लागि पहिलो गोल भने केभिने डे ब्रुनेको पासमा राहिम स्टर्लिङले खेलको तेस्रो मिनेटमै गरे ।
तर सिटीले यो अग्रतालाई जोगाइराख्न सकेन । सिटीका डिफेन्डरका कम्जोरीको फाइदा उठाउँदै जेम्मी भर्डेले खेलको २४ औँ मिनेटमा बराबरी गोल फर्काए ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको अवस्थामा सिटीले दोस्रो हाफमा लेस्टरमाथि रवाफ देखायो । उसका लागि सर्जियो अग्वेरोले दोस्रो हाफको सुरुमै अर्थात् ४८ औँ मिनेटमा गोल गर्दै अग्रता २–१ मा पु¥याए ।
अग्वेरो त्यतिमै रोकिने मुडमा थिएनन् । उनले खेलको ५३ औँ र ७७ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको ९० औँ मिनेटमा युवा खेलाडी फिल फोडेनले डि बक्स बाहिर मिलाइदिएको बललाई अग्वेरोले सीधै जालीको दिशा दिए ।
यो जितपछि सिटी २७ खेलबाट ७२ अंकसहित लिगको पहिलो स्थानमा छ । उसलाई पछ्याइरहेको म्यानचेस्टर युनाइटेडले २६ खेलबाट ५६ अंक जोडेको छ । यस्तोमा युनाइटेड सिटी भन्दा १६ अंकले पछि छ । तेस्रोमा २७ खेलबाट ५२ अंकसहित टोटनह्याम हट्स्पर रहेको छ ।