नेपाललाई ब्याटिङकै चिन्ता

नेपाललाई ब्याटिङकै चिन्ता

काठमाडौं : अघिल्लो दुई खेलमा ब्याटिङमै संघर्ष गरेको नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो तेस्रो खेलमा आइतबार बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दा पनि ब्याटिङकै चिन्ता देखिएको छ ।

प्रतियोगिताको शीर्ष दुईभित्र रहँदै डिभिजन एकमा फर्कने र सन् २०१९ को विश्वकपका लागि आगामी मार्चमा जिम्बाब्वेमा हुने अन्तिम चरणको छनोटमा स्थान सुरक्षित गर्ने उद्देश्य बनाएको नेपाललाई यूएईविरुद्धको जित आवश्यक छ । यूएईविरुद्धको जितका लागि ब्याटिङमै सुधार आवश्यक छ ।

ब्याटिङका लागि मुस्किल मानिएको नामिबियाको पिचमा रन जोड्न नेपाललाई मुस्किल देखिए पनि अन्य टोलीहरूले भने सहज ब्याटिङ गरिरहेका छन् । शनिबार नेपाल एक सय ३८ रनमै समेटिँदा ओमानले सहजै पार गर्दै ६ विकेटको जित भेट्टायो । त्यसअघि बिहीबार आयोजक नामिबियाविरुद्ध अन्तिम ओभरमा एक रनको जित हात पार्दा पनि नेपाललाई एक सय ३९ रनको लक्ष्य भेट्टाउन निकै मुस्किल देखिएको थियो ।

त्यसैले नेपाललाई प्रतियोगिताको शीर्ष दुईको यात्रा पक्का गर्न यूएईविरुद्ध जितका लागि ब्याटिङमा सुधार अत्यावश्यक छ । यूएईलाई पराजित गरेको अवस्थामा नेपालसामु अंक तालिकाको दोस्रो स्थानमा उक्लने अवसर छ । एक÷एक जित हात पारेका यूएई, नेपाल र ओमानको दुई÷दुई अंक छ । लगातार दुई जितसहित क्यानडा शीर्ष स्थानमा पुगिसकेकाले यूएईलाई पराजित गरे नेपालले शीर्ष दुईमा पुग्ने दोस्रो टोलीका लागि बलियो दाबेदारी प्रस्तुत गर्न सक्नेछ ।

यद्यपि पछिल्लो प्रदर्शनलाई हेर्ने हो भने नेपाल निकै कमजोर देखिएको छ । नेपालले हालसम्म एक दिवसीय क्रिकेटमा यूएईसँग १२ पटक प्रतिस्पर्धा गर्दा मात्रै दुई जित हात पारेको छ । एकमा बराबरी खेल्दा बाँकी नौ खेलमा पराजय बेहोरेको छ ।

पछिल्लोपटक गत डिसेम्बर ६ र ८ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दुई खेलमा पनि नेपाल यूएईसँग भारी अन्तरले पराजित भएको छ । पहिलो खेलमा ६ विकेटले पराजय बेहोरेको नेपालले दोस्रो खेल पनि ६३ रनले गुमाएको थियो । नेपाललाई पछिल्लो पराजयको बदला लिँदै प्रतियोगितामा अघि बढ्न आइतबारको खेलमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकरलगायत सिनियर ब्याट्सम्यानहरू चल्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.