आयोजकलाई स्तब्ध पार्दै मोरङ सेमिफाइनलमा

आयोजकलाई स्तब्ध पार्दै मोरङ सेमिफाइनलमा

 

सिमरा : आयोजक नव जनजागृति युवा क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरङ फुटबल क्लब सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको मोरङले आयोजकलाई ४-१ गोलले हरायो ।

सिमरा रंगशालामा शनिबार भएको खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि मोरङको भाग्य टाइब्रेकरमा चम्किएको थियो । टाइब्रेकरमा मोरङका दीपक राई, विक्रम लिम्बू, बुद्धिमन राई र निरज बस्नेतले गोल गरे । आयोजकका विजय श्रेष्ठले बाहेक अन्य खेलाडीको प्रहारले पोस्टको दिशा लिन नसक्दा पराजय भोग्नु पर्‍यो । सौरभ मगर र मानबहादुर तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिर हुइँकिएको थियो ।

आयोजक जनजागृतिले खेलमा लिएको अग्रता कायम राख्न नसक्दा नतिजा मोरङलाई सुम्पन बाध्य भयो । ६६औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै घरेलु दर्शकलाई खुसी दिलाए । तर, घरेलु टोलीको खुसी धेरै बेर टिक्न सकेन । राजीव लोप्चनको स्थानमा मैदान पसेका विजयले तीन मिनेटमै गोल गरेका थिए । मोरङका गोलरक्षक सूर्य क्षेत्री अगाडि बढेको मौकाको फाइदा उठाउँदै डीबक्स भित्रबाट विजयले गरेको प्रहारले सहजै जाली चुमेको थियो । ७६औं मिनेटमा भुवन बस्नेतले गोल गर्दै मोरङलाई खेलमा फर्काएका थिए । योगेश गुरुङले मिलाएको पासलाई सदुपयोग गर्दै भुवनले गोल गरेका थिए।

करिब चार हजार घरेलु दर्शकको समर्थन पाएको आयोजक र मोरङबीचको खेल निकै रोमाञ्चक रह्यो । कर्ण लिम्बू, दीपक राई, विक्रम लिम्बू, योगेश गुरुङजस्ता खेलाडी चल्न नसक्दा जितका लागि मोरङले निकै संघर्ष गर्नुपर्‍यो । आयोजकका धीरज श्रेष्ठले ६१औं मिनेटमा गोल गर्ने अवसर चुकाउँदा निराश देखियो । भिक्टरको क्रसमा धीरजले गरेको हेड प्रहार फितलो बनेको थियो । खेलको म्यान अफ दी म्याच आयोजकका सुशान्तसिंह ठकुरी घोषित भए ।

आयोजकका प्रशिक्षक नवीन महर्जनले अन्तिम समयमा सम्हालिन नसक्दा पराजय बेहोरेको बताए । मोरङका प्रशिक्षक पारस चौधरीले लगातारको खेल र यात्राले खेलाडी थाक्दा सोचेजस्तो खेल्न नसकेको बताए । आइतबार त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.