एमाले स्थायी कमिटी बैठक बस्दै, लगत्तै ओली-प्रचण्ड वार्ता

एमाले स्थायी कमिटी बैठक बस्दै, लगत्तै ओली-प्रचण्ड वार्ता

काठमाडौं : नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार बस्दैछ। दिउसो साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीलाई अन्तिम रुप दिने एजेन्डा रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

दलहरूलाई समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूची बुझाउन आयोगले दिएको तीन दिनको समय भोलि (माघ २९) सकिँदै छ।

बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता र शक्ति बाँडफाँटका विषयमा छलफल गर्ने तयारी छ। शनिबार चितवनमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'देशको हित नहुने भएमा आफूले फड्को हान्ने' अभिव्यक्ति दिएपछि सम्भावित वाम एकता टरेको त होइन भन्ने शंका उब्जिएको सन्दर्भमा एमाले बैठक हुन लागेको हो।

एकता स्थायी कमिटी बैठकलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने ज्ञवालीले जानकारी दिए। 

सम्बन्धित समाचारहरू


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.