प्रधानमन्त्री देउवाका लागि १ रुपैयाँ चन्दा मागिंदै
काठमाडौं : कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा ब्रह्मलुट मच्चाएको आरोप लगाउंदै माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले व्यंग्यस्वरुप प्रधानमन्त्री देउवाका लागि रू. १ चन्दा संकलन अभियान सुरू गरेको छ।
क्रान्तिकारीले आइतबार देखि नै उपत्यका लगायत देशका सबै प्रमुख शहरमा १ रूपैयाँका दरले चन्दा संकलन गरी जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री देउवालाई वुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
बस्नेतले भने-' प्रधानमन्त्रीलाई आफ्ना कार्यकर्ताको भरणपोषण गर्न राज्यको ढुकुटी रित्याउँदा पनि नपुग्ने देखेर हामीले उहाँलाई चन्दा संकलन गरिदिन लागेका हौं।' देउवाले हदैसम्म बम्हलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन वाध्य भएको बस्नेतले दावी गरे।