‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख

‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख

मकवानपुरः प्रदेश नम्बर ३ को उपसभामुखमा राधिका तामाङ निर्विरोध चयन भएकी छन् । उम्मेदवारी दर्ताका लागि तोकिएको आइतवार मध्यान्ह १२ बजेसम्मको समयमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि उनी निर्विरोध भएकी हुन् ।

आजै दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकले तामाङलाई उपसभामुखमा औ‍पचारिकरुपमा चयन गर्नेछ । उपसभामुखलाई प्रदेश प्रमुखको उपस्थितिमा सभामुखले सपथ खुवाउने छन् ।

२०४० सालमा जन्मिएकी तामाङ नुवाकोट क्षेत्र नम्बर १ ‘क’ बाट माओवादीको तर्फबाट निर्वाचित भएकी हुन् । उनी माओवादी जनयुद्धको समयमा नुवाकोट जनसरकार प्रमुख भएकी थिइन् ।

२०७०सालमा समानुपातिक सभासद् भएकी तामाङ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री थिइन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.