प्रदेशको १ को सभामुखमा एमालेबाट भण्डारीको उम्मेदवारी

प्रदेशको १ को सभामुखमा एमालेबाट भण्डारीको उम्मेदवारी

विराटनगर : प्रदेश १ एमाले संसदीय दलको बैठकले सभामुखका लागि प्रदीपकुमार भण्डारीलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार विराटनगरस्थित प्रदेश १ को संसदीय दलको बैठकमा भण्डारीलाई सभामुखका लागि उम्मेद्वार बनाउने निर्णय गरेको संसदीय दलका नेता शेरधन राईले जानकारी दिए।

सभामुखका लागि अन्य प्रत्याशी भए पनि प्रदेश संयोजक नजिक रहेका भण्डारीको नाम सर्वसम्मतरुपमा चयन भएको थियो। ओली निकट रहेका शेरधन राई संसदीय दलको नेतामा निर्वाचित भए पनि माधव नेपाल नजिक रहेका आचार्यको टिमलाई सम्बोधन गर्न पनि सभामुख प्रदीपकुमार भण्डारीलाइ बनाउने निर्णय भएको बुझिएको छ।

प्रदेश एकमा सभामुख तथा उप सभामुखको अन्तिम टु‌‌गो सोमबार विराटनगरस्थित जिल्ला सम्मन्वय समितिमा बस्ने दोस्रो संसद बैठकले तय गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ। अन्य दलले सभामुखको टुंगो लगाई सकेका छैनन्। एमालेले सभामुख र माओवादीले उप सभामुख पाउने दुई दलबीच यस अघि नै सहमती भएको थियो।

माओवादीले उप सभामुखको टुुंगो लगाएको छैन। यद्धपी उक्त पदमा भने माओवादीबाट पोलिटब्यूरो सदस्यसमेत रहेकी सुनसरीकी सरस्वती पोख्रेल र पाँचथरकी सीता थेबेले दाबी गर्दै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.