प्रदेश ५ मा मुख्यमन्त्री चयन प्रक्रिया सुरु

प्रदेश ५ मा मुख्यमन्त्री चयन प्रक्रिया सुरु

बुटवल : प्रदेश नम्बर ५ मा मुख्यमन्त्री चयन प्रक्रिया अघि बढेको छ। दुई ठूला दल एमाले र माओवादी केन्द्रले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन बहुमतसहितको दाबी पत्र प्रदेश प्रमुख उमाकान्त झा समक्ष पेश गरेसँगै मुख्यमन्त्री नियुक्तिको बाटो खुलेको हो। आइतबार दुई दलका संसदीय दलका नेताले हस्ताक्षर गरेर पत्र बुझाएका हुन्।

एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसीसहित दुई पार्टीका नेताको उपस्थितिमा प्रदेश प्रमुखलाई पत्र बुझाइएको हो। संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुखले निर्वाचन आयोगबाट मतपरिणाम जारी भएको ३० दिनभित्र मुख्यमन्त्री चयन गर्नुपर्ने व्यवस्था छ। सोही कानुनलाई पछ्याउँदै प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई नियुक्ती प्रदान गर्ने बताए।

प्रदेश ५ को संसदमा दुई दलको स्पष्ट बहुमत रहेको छ। वाम गठबन्धनले मुख्यमन्त्रीको शपथ ग्रहण फागुन ३ गते गर्ने तयारी गरेका छन्। त्यसको व्यवस्थापन भने प्रदेश प्रमुखको कार्यालयले गर्नेछ। सडक विभागको परिसरमा सपथ ग्रहण गराउने तयारी भइरहेको छ।

मुख्यमन्त्रीको शपथसँगै सानो आकारका मन्त्रिमण्डल बन्ने बताइएको छ। तीन सदस्यीय मन्त्रीमण्डलमा एमाले र माओवादी केन्द्र नै सहभागी हुने नेता पोखरेलले बताए।

मुख्यमन्त्री चयनको दाबी पेश गर्नुअघि मात्रै माओवादी संसदीय दलको नेतामा कुलप्रसाद केसी चयन भएका थिए। प्रदेशमा मुख्यमन्त्री र सभामुख वाम गठबन्धन कै सहमति अनुसार चयन भइरहेकाले दुई पार्टीबीच एकता हुनेमा शंका नगर्न नेताहरुले आग्रहसमेत गरेका छन्। केन्द्र र सात प्रादेशिक सरकार बनेपछि पार्टी एकता हुने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए।

माओवादीकै समर्थनमा मुख्यमन्त्री नियुक्तीको प्रक्रिया अघि बढेपछि प्रदेश ५ मा सभामुख छनोटको प्रक्रिया सुरु भएको छ। सभामुखमा माओवादीका सांसद सुदर्शन बलाल चयन हुने भनिए पनि माओवादीले अझै निर्णय गरिसकेको छैन्। फागुन २ गते बस्ने संसदको बैठकले सभामुख चयन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.