पृथ्वी सुब्बा गुरुङ: शिक्षकदेखि मुख्यमन्त्रीसम्म

पृथ्वी सुब्बा गुरुङ: शिक्षकदेखि मुख्यमन्त्रीसम्म

काठमाडौँ: एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ पर्यटन र जलविद्युतको प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने भएका छन् । आइतबार पोखरामा बसेको एमाले प्रदेश नम्बर ४ सं‌सदीय दलको बैठकले सर्वसम्मतरुपमा दलको नेतामा चयन गरेसँगै गुरुङ मुख्यमन्त्री बन्ने भएका हुन्।

मं‌सिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अघि नै उनी मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका थिए । उनले त्यही बेलादेखि आफूलाई मुख्यमन्त्रीको प्रतिस्पर्धीका रुपमा प्रस्तुत गरेका थिए ।

मा‌ओवादी केन्द्रसँगको गठबन्धनका कारण प्रतिनिधि सभा देव गुरुङलाई दिनुपर्ने भएपछि उनले आफूलाई प्रदेश सभामा सुरक्षित अवतरण गराएका हुन् ।मुख्यमन्त्रीका अर्का आकांक्षी तथा प्रदेश नम्बर ४ का इन्चार्ज किरण गुरुङलाई आफ्नो पक्षमा मनाउन सफल हुँदै पृथ्वी सुब्बा सर्वसम्मत मुख्यमन्त्रीको कुर्सीमा पुगेका हुन् । 

को हुन् पृथ्वी सुब्बा गुरुङ ?

नेकपा एमालेका सचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ पार्टीमा भलाद्‍मी र बौद्धिक नेताका रुपमा चिनिन्छन् । उनको जन्म २०१४ साल फागुन १ गते गंगाप्रसाद र चिनी गुरुङका छोराका रुपमा गिलुङ गाविस-८, टक्सार (हाल क्होला सोंथार गाउँपालिका-९, टक्सार, लमजुङ) मा भएको हाे ।

विज्ञानमा स्नातक गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए । २०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार-अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको हो। राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए ।

बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित आत्मसाथ गर्न सकेनन् । तर, २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए ।

लमजुङमा अत्यन्तै कमजोर अवस्थामा रहेको कम्युनिष्ट राजनीतिको जग बलियो बनाउन गुरुङले बहुदलको आन्दोलनका समयमा निक्कै मिहिनेत गरेका थिए । तर, २०५१ र २०५६ सालको आमनिर्वाचन लमजुङमा एमालेले हार भोग्यो ।

२०६४ सालको संविधानसभाको निर्वाचनमा लमजुङमा एमालेले जित्न सफल भयो। २०६४ सालको संविधानसभाको निर्वाचनमा गुरुङले कांग्रेस उम्मेदवार घर्तीलाई छ हजारको मतान्तरले हराएका थिए ।

त्यो बेला उनले नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई पराजित गरेका थिए । घर्तीले १३ हजार ६ सय ९९ मत ल्याएका थिए । नेकपा एमालेमा जनजातितर्फबाट सचिवको जिम्मेवारीमा पनि रहेका गुरुङ एक पटक मन्त्री पनि भइसकेका छन् । तर, गुरुङ २०७० को संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित भए ।

उनी २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए ।

गुरुङले पटक पटक आदिवासी जनजाति महासं‌घको पनि नेतृत्व गरिसकेका छन् । गुरुङले ४ नम्बर प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने बताएका छन् । गुरुङमाथि उपाध्यक्ष अशोक राईले एमाले छाड्दा र त्यही क्रममा पार्टीमा चर्को जातीय राजनीति गरेको आरोप पनि लागेको थियो ।

गुरुङले पहिलो संविधान सभामा रहँदा आदिवासी जनजाति सभासद् सदस्य रहेको 'ककस' पनि नेतृत्व गरिसकेका छन् ।तर, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि उनीमाथि लागेको थियो । उनले यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.