राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

काठमाडौं  : निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आइतबार बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डां. अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम उक्त प्रतिवेदन बुझाएको हो । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सम्पन्न भएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आयोगले स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोग परिवारलाई धन्यवाद दिइन् । निर्वाचन मत परिणामको प्रतिवेदनमा विजयी उम्मेदवारको नाम, दलगत र निर्वाचित समावेशिताको अवस्थालगायत विवरण समेटिएको छ ।

कार्यक्रममा डा. यादवले आयोगले राष्ट्रपतिको मार्गनिर्देशनअनुसार काम गरी स्वच्छ र निष्पक्ष रुपमा निर्धारित समयमै निर्वाचन गराउन सफल भएको अवगत गराए । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता, अल्पसंख्यकसहित आठ गरी निर्वाचित ५६ सदस्य रहन्छन् । त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीन जना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।

गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको मतपरिणाम भने आयोगले आगामी फागुन ५ गतेभित्र राष्ट्रपतिलाई बुझाइसक्ने जनाइएको छ । आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणामको सिट बाँडफाँटसहित शुक्रबार तीन दिनको समय दिएर राजनीतिक दललाई पत्राचार गरेको छ ।

दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सदस्यको सहभागिता सुनिश्चित गर्नुपर्ने कानूनी बाध्यताका कारण आयोगले यसअघि प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गर्न सकेको थिएन ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन यही माघ २४ गते भएपछि मात्र आयोगले प्रतिनिधिसभाको मतपरिणामको सिट बाँडफाँटसहित राजनीतिक दललाई पत्राचार गरेको हो । संविधानको धारा ८३ मा प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक ‘संघिय व्यवस्थापिका ‘संघिय संसद्’ रहेको उल्लेख छ ।

संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.