नेपाल र युएईको खेल सुरु : पहिलो ओभरमै सोमपालले लिए विकेट
काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा अहिले नेपाल र संयुक्त अरब इमिरेटस (युएई)को खेल जारी छ । बर्षाका कारण तीन घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
प्रतियोगिताको तेस्रो खेलमा नेपालका सोमपाल कामीले पहिलो ओभरमै पहिलो विकेट लिएका छन् । सोमपालले युएईका ओपनिङ ब्याट्सम्यान असफाक अहमदलाई शून्य रनमै आउट गरेका हुन् ।
खेल नामिबियाको विन्डहक मैदानमा जारी छ । ६ ओभरको समाप्तीमा युएईले २१ रन बनाएको छ ।