नेपाललाई तेस्रो सफलता, सोमपाल कामीले दोस्रो र करण केसीले तेस्रो विकेट लिए
काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा अहिले नेपाल र संयुक्त अरब इमिरेटस (युएई)को खेल जारी छ। बर्षाका कारण तीन घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
प्रतियोगिताको तेस्रो खेलमा नेपाल सात ओभर खेल्दा नेपालले तीन विकेट लिएको छ। सोमपाल कामीले पहिलो ओभरमै पहिलो विकेट लिएका थिए भने दोस्रो विकेट ६.३ ओभर लिएका हुन्।
त्यसैगरी तेस्रो विकेट करण केसीले ७.१ ओभरमा तेस्रो विकेट लिएका हुन्। सोमपालले युएईका ओपनिङ ब्याट्सम्यान असफाक अहमदलाई शून्य रनमै आउट गरेर पहिलो विकेट लिएका थिए।
खेल नामिबियाको विन्डहक मैदानमा जारी छ। ८.५ ओभरको समाप्तीमा युएईले ३० रन बनाएको छ।
यसअघि दुई दुई खेल खेलेका नेपाल र युएईले एक खेलमा जीत तथा एक खेलमा हार बेहोर्र्दै समान अंक जोडेका छन् । नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनसँग ६ विकेटले पराजित भएको थियो । युएईले केन्यालाई पराजित गरेको थियो भने क्यानडासँग हार बेहोरेको थियो थियो ।