संयुक्त अरबविरुद्ध चम्किए सन्‍दीप, झारे तीन विकेट

संयुक्त अरबविरुद्ध चम्किए सन्‍दीप, झारे तीन विकेट

काठमाडौँ: नेपाली युवा स्पिनर सन्दीप लामिछानले संयुक्त अरब इमिरेट्सविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । नामिबियाको विन्डहक मैदानमा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुको तेस्रो खेलमा सन्दीपले नेपालका लागि तीन विकेट लिँदै प्रभावशाली प्रदर्शन गर्न सफल भएका हुन् ।

सन्दीपले नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् । सन्दीपले नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् । उनले खेलको १८औं ओभरमा लगातार २ विकेट लिए ।

१८ ओभरको दोस्रो बलमा सन्दीपले रमिज साहजादलाई ४ रन र तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा पेभेलियन फर्काए। चौथो बलमा युएइका ब्याट्सम्यानले रन नलिँदा सन्दीपले ह्याट्रिक गर्न पाएनन् । त्यसैगरी उनले २१.४ ओभरमा शाहीमान अनवरलाई पेभेलियनको बाटो देखाए । 

त्यसैगरी अर्का युवा क्रिकेटर सोमपाल कामीले ५ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका छन् । कप्तान पारस खड्का ६.२ ओभर बलिङ गर्दै १८ रन खर्चिएर २ विकेट लिएका छन् । नेपालका लागि करण केसीले अर्को एक विकेट लिए ।

ताजा अवस्थामा संयुक्त अरब इमिरेट्सले २६ ओभर खेल्दै ८ विकेट गुमाएर १०० रन मात्रै बनाउन सफल भएको छ । नेपालले डिभिजन २ को पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा भने ओमानसँ ६ विकेटले पराजित भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.