संयुक्त अरबले नेपाललाई दियो ११५ रनको चुनौती

संयुक्त अरबले नेपाललाई दियो ११५ रनको चुनौती

काठमाडौँः आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सबाट ११५ रनको चुनौती पाएको छ । 

बर्षातका कारण ३४ ओभरमा छोट्याइएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोज्ने निर्णय गरेपछि व्याटिङको निम्तो पाएको संयुक्त अरब इमिरेट्स ३१ ओभरमै अलआउट हुँदै ११४ रनमा समेटिएको हो ।

पढ्नुस्: संयुक्त अरबविरुद्ध चम्किए सन्‍दीप, झारे तीन विकेट

नेपालको कसिलो बलिङ सामू निरिह बनेको संयुक्त अरबका लागि शाहीमान अनवरले सर्वाधिक ३० रन बनाए । त्यसैगरी मोहम्मद बुटाले १८ रन जोडे भने गुलाम सहबीरले १६ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले ७ ओभर बलिङ गरेर ३० रन खर्चिँदै ४ विकेट लिए । त्यसैगरी अर्का बलर सन्दीप लामिछानेले पनि ७ ओभर बलिङ गर्दै ३० रन दिएर ३ विकेट लिए । कप्तान पारस खड्काले ७ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिए । नेपालका लागि करण केसीले पनि एक विकेट लिन सफल भए ।

 पढ्नुस्: नेपाललाई ब्याटिङकै चिन्ता

 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.