नेपाल चार विकेटले विजयी

नेपाल चार विकेटले विजयी

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई चार विकेटले पराजित गरेको छ। नामिबियामा जारी प्रतियोगितामा शनिबार परेको पानीका कारण मैदान हिलो भएपछि आइतबारको खेल ३४ ओभरमा छोट्याईएको थियो। नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो।

पहिले ब्याटिङ गरेको युएई ३१ ओभरमा सबै विकेट गुमाएर एक सय १४ रनमा समेटिएको थियो। एक सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २८.५ ओभरमा लक्ष्य भेट्टाएको थियो। नेपालको जितमा कप्तान पारस खड्काले अलराउण्डर प्रदर्शन गरे। यसैगरी नेपालका बलरहरुको योगदान पनि उत्कृष्ट रह्यो।

नेपालको जितमा कप्तान पारस खड्काले दुई विकेट लिनुका साथै अर्धशतक प्रहार गरे। यसैगरी बलिङमा सोमपाल कामीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिए। सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालको ओपनिङ ब्याटिङमा भने पुरानै समस्या दोहोरियो। नेपालले ओपनर दिलिप नाथलाई दुई तथा उपकप्तान ज्ञानेन्द्र मल्ललाई पाँच रनमा गुमाएको थियो। त्यसपछि नेपालको इनिङ कप्तान पारसले सम्हालेका थिए। ५१ रन जोडेका पारसले ४३ बल खेल्दै दुई चौका र पाँच छक्का हानेका थिए। उनले दिपेन्द्र सिंह ऐरिसँग तेस्रो विकेटका लागि १० तथा शरद भेषावकरसँग चौथो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए। दीपेन्द्र चार तथा शरद तीन रन जोड्दै पेभेलियन फर्किएका थिए।

यसैगरी आरिफ शेखले १६ रन बनाए। रोहित पौडेलले १२ तथा सोमपाल कामीले अविजित १० रन जोडे। बलिङमा युएईका मोहम्मद नाभिद र अमिर हायातले दुईदुई विकेट लिएका थिए। यसअघि युएईका लागि साइमन अनवरले सर्वाधिक ३० रन बनाए। एडनान मुफ्टीले १८, घुलाम शाबरले १६ तथा मोहमद बोताले १५ रन जोडेका थिए। युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले सर्वाधिक चार विकेट लिए। सन्दीप लामिछानेले तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट झारे। नेपालले सोमबार केन्यासँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.