म्यानचेस्टर युनाइटेड हार्‍यो, लिभरपुल एक स्थान उक्लियो

म्यानचेस्टर युनाइटेड हार्‍यो, लिभरपुल एक स्थान उक्लियो

काठमाडौं : इंग्लिस प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आइतबारको खेलमा न्यूक्यासल युनाइटेडसँग १-० को हार व्यहोर्दा उपाधि होडबाट झन पछाडि धकेलिएको छ ।

न्यूक्यासलको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । न्यूक्यासलका लागि ६५ औं मिनेटमा मिडफिल्डर मात रिचीले गरेको गो नै निर्णायक बन्यो । हारका बाबजुद पनि २७ खेल खेल्दा ५६ अंक रहेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा कायम छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ७२ अंक रहेको छ।


आइतबार भएको इग्लिस प्रिमियर लिगको अर्को खेलमा लिभरपुलले साउथह्याम्टनमाथि २-० को जित हात पारेको छ । रोबर्टो फिर्मिनोले खेलको ६ मिनेटमा गोल गरी लिभरपुललाई अग्रता दिलाएका थिए । मोहमद सालहले ४२ मिनेटमा गोल गरे ।

liverpol

जितपछि २७ खेलबाट ५४ अंक बनाएको लिभरपुल टोटनह्यामलाई उछिन्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको टोटनह्यामको ५२ अंक रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.