एनएनआईपीए सम्मान आज

एनएनआईपीए सम्मान आज

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ३५ खेलका उत्कृष्ट खेलाडीलाई सोमबार एनएनआईपीए उत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मान गर्ने भएको छ। खेल क्षेत्रबाट राष्ट्रको गौरव बढाउन महर्‍वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलाडीलाई यसपटक टोखा नगरपालिकामा सम्मान गर्न लागिएको हो। संघले यसअघि २५ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको थियो।

संघले पूर्वाञ्चलमा गत वर्ष सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका ३५ वटै खेलका एक÷एकजना खेलाडीलाई उनीहरूको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको सम्मान प्रदान गर्नेछ। सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यसैगरी संघले पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित ‘गजराज जोशी आदर्श खेलाडी सम्मान’ एक जनालाई गर्नेछ। उक्त सम्मानको प्रायोजन भने गजराज जोशी ट्रस्टले गर्नेछ। उक्त सम्मानबाट सम्मानित हुने व्यक्तिलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

एनएनआईपीए उत्कृष्ट खेलाडी-२०७३ सम्मानबाट फुटबल, क्रिकेट, कराँते, तेक्वान्दो, उसु, बक्सिङ, एथलेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ र कुस्ती रहेका छन्। यसैगरी लनटेनिस, सफ्टटेनिस, टेबुलटेनिस, कबड्डी, जिम्न्यास्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, बुद्धिचाल, साइक्लिङ, स्क्वास, ट्रायथोलन, खोखो, स्कुनर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आईटीएफ तेक्वान्दो, सेपाक ताक्रो, फुलकन्ट्याक्ट कराँते र गल्फ खेलका पनि एक÷एकजना खेलाडी सम्मानित हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.