समानुपातिकको अन्तिम सूची बुझाउँदै दलहरू

समानुपातिकको अन्तिम सूची बुझाउँदै दलहरू

काठमाडौं : दलहरूले आज (सोमबार) प्रतिनिधिसभा समानुपातिकतर्फ अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। आयोगले साँझ ५ बजेसम्म सूची बुझाउन समय तोकेको छ।

अन्तिम बन्दसूची बुझाउन आयोगले दलहरूलाई तीन दिनको समय दिएको थियो। नेकपा एमालेले आइतबार नै अन्तिम सूची आयोगमा बुझाइसकेको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालले भने आजमात्र बन्दसूची बुझाउनेछन्।  

पढ्नुस्ः एमालेले आयोगमा बुझायो ४१ समानुपातिक सांसदको सूची 

गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ४९ दल सहभागी भएकोमा पाँचवटा दललेमात्र समानुपातिकतर्फ सिट जितेका छन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दलहरूले तोकिएबमोजिम सबै समूहको प्रतिशत मिलाएर सूची बुझाएमा आजै समानुपातिक तर्फका सांसदको सूची सार्वजनिक गरिनेछ। 'तर कहिलेकाहीँ तोकिएबमोजिम नआउन पनि सक्छ, त्यस्तो भएमा हामी सच्याउन थप दुई दिन समय दिन्छौँ', ढकाले भने, 'यदि सबै मिलाएर नै आयो भने हामी आजै सार्वजनिक गर्छौँ।'

समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने कानुनी प्रावधान छ। निर्वाचनमा ९५ लाख ४४ हजार ७७९ मत सदर भएको थियो।

एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्र १७, राजपा नेपाल ६ र संघीय समाजवादीले ६ सिट प्राप्त गरेका छन्। यो सिट बमोजिम दलहरूले महिला, मधेसी, जनजाति, दलित, खसआर्यसहित समूहगत विवरण आयोगमा बुझाउनुपर्नेछ।

नेपालको संविधानको धारा ८४ को उपधारा ८ मा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था छ।

आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष पठाउनु पर्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.