ओली-प्रचण्ड वार्ता जारी : एकताबारे निस्केला त निष्कर्ष ?

ओली-प्रचण्ड वार्ता जारी : एकताबारे निस्केला त निष्कर्ष ?

काठमाडौं : वाम गठबन्धनको एकतामा अन्योल भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ। ललितपुरको मानभवनमा बिहान साढे ९ बजेदेखि दुई नेताबीच नेतृत्व व्यवस्थापन लगायतका विषयमा छलफल सुरु भएको हो।

केही दिनअघि चितवनमा भएको कार्यक्रममा प्रचण्डले 'फड्को हान्ने' अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा एकता प्रक्रियाका बारेमा शंका व्यक्त भएको थियो। आज दुई अध्यक्षबीच निर्णायक छलफल हुने नेताहरूले बताएका छन्। 

पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक ओलीलाई र एक आफूलाई हुनुपर्ने माओवादी अडान देखिन्छ। केही दिनअघि नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले 'अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक एमालेले रोज्ने र छोडेको जिम्मेवारी आफूले सम्हाल्ने' आसय व्यक्त गरेका थिए।

फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ।

माओवादीसँग पार्टी अध्यक्षमा कुरा नमिलेका कारण एकता प्रक्रियामा ढिलाइ नभएको एमाले भनाई छ। एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्- 'दुई अध्यक्षबीच कुराकानी निकै नजिक पुगेको छ। नेताहरूको व्यवस्थापनका कारण ढिलाइ भएको होइन।’

दुई अध्यक्षबीचको कुराकानीले ठोस आकार लिएपछि एकता संयोजन समितिको बैठकबाट निर्णय गरिने ज्ञवालीले जनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.