आईसीसी विश्व क्रिकेट डिभिजन २: केन्याविरुद्ध पहिले फिल्डिङमा नेपाल
काठमाडौँः आईसीसी विश्व क्रिकेट डिभिज २ अन्तरत आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेको छ । नामिबियामा भइरहेको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङमा जाने निर्णय गरेपछि केन्याले अहिले ब्याटिङ गरिरहेको छ ।
केन्याका लागि करिमले ३८ बलमा १२ रन बनाएका छन् भने ओबान्डाले ३३ बलमा २८ रन बनाएका छन् । नेपालका बलरलाई दुई ओपनरले दबाबमा राख्न सफल भएका छन् ।
ताजा अवस्थामा केन्याले १२ ओभर खेल्दै बिना कुनै क्षति ३९ रन बनाइसकेको छ । करण केसीले ५.३ ओभर बलिङ गर्दै २४ रन दिइसकेका छन् । सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेका छन् ।