हिन्दुवादीले वीरगन्जमा जलाए उपेन्द्र यादवको पुत्ला

हिन्दुवादीले वीरगन्जमा जलाए उपेन्द्र यादवको पुत्ला

वीरगन्जः हिन्दुवादी संगठनले धर्मको नार दिएर सोमबार वीरगन्जमा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएपछि तनाव बढेको छ ।

विश्व हिन्दु परिषद अंकित ब्यानर र गेरुवा रंगको झण्डा सहित सोमबार बिहान घण्टाघर चोकमा पुगेका करिब ३०/३५ जना हिन्दुवादीहरुले धर्मको नारा लगाउँदै फोरम नेपालका अध्यक्ष यादवको पुत्ला जलाएपछि आलोचना भएको छ ।

प्रदर्शनकारीहरुले हिन्दुविरोधी उपेन्द्र यादव मुर्दावाद, मुस्लिमलाई मुख्यमन्त्री बनाउन पाइँदैन जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । फोरम नेपाल र उसका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्री मुस्लिम धर्मका व्यक्तिलाई बनाउन लागेको भन्दै विश्व हिन्दु परिषदले यादवको पुत्ला जलाएको प्रदर्शनमा सहभागी अजय कुमार कानुले बताए ।

फोरम नेपालले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेश सांसद लालबाबु राउत गद्धीलाई चयन गरिसकेको छ । लालबाबु वीरगन्जकै स्थायीबासिन्दा हुन् । उनी, पर्साको क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका थिए ।

पुत्ला दहनको अगुवाइ गरेका विश्व हिन्दु परिषदको प्रदेश नम्बर २ का अगुवा ज्योतिलाल कलवारले प्रदेश नम्बर २ मा बहुसंख्यक हिन्दुमाथि कुठाराघात गर्दै फोरम नेपाल र यादवले मुस्लिम धर्मका मानिसलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाले विरोध प्रदर्शन गरिएको बताए ।

‘प्रदेश नम्बर २ हिन्दुहरुको बाहुल्य क्षेत्र हो, यहाँ मुख्यमन्त्री चलाउन सक्ने थुप्रै हिन्दुवादी नेता हुँदाहुँदै गैर–हिन्दुलाई ल्याएर हिन्दुमाथि शासन गराउने कुरा हामी मान्न सक्दैनौं’, कलवारले भने, ‘मधेस आन्दोलनमा एकजना मुस्लिम बाहेक बाँकी सबै ९५ जना हिन्दुहरुकै छोराहरु सहिद भएका छन्, तर अहिले यादवले हिन्दुमाथि अन्याय गर्दैछन्, यदि यादवले हिन्दु विरोधी गतिविधी सच्याएनन् भने उनी र उनको पार्टीबिरुद्ध हामी सशक्त आन्दोलनमा गर्छौँ । फागुन २ गते मुख्यमन्त्रीको नियुक्ति हुन्छ भन्ने सुनेका छौँ, त्यो दिन वीरगन्जमा प्रदर्शन गर्छौ ।’

यसअघि गत शुक्रबार रिपोटर्स क्लब काठमाडौँमा पत्रकार सम्मेलन गरेर विश्व हिन्दु परिषदले प्रदेश २ मा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाइए कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

वीरगन्जमा सोमबार विश्व हिन्दु परिषदको नाममा भएको प्रदर्शनलाई यहाँका राजनीतिक दलका नेता र युवा अगुवाहरुले अराजकताको संज्ञा दिएका छन् । यादवको पुत्ला दहनसहितको हिन्दु अतिवादीहरुको प्रदर्शनलाई उनीहरुले साम्प्रादायिताको संज्ञा पनि दिएका छन् ।

फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लालबाबु राउत गद्धीलाई मुख्यमन्त्री बनाउन गरेको निर्णय सामाजिक सदभाव र मेलमिलापलाई बलियो बनाउने कदम भएको भन्दै उक्त निर्णयको प्रशंसा भइरहेका बेला वीरगन्जमा हिन्दुवादीको नाममा धर्मबारे गरिएको प्रदर्शन निन्दनीय भएको बताए ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ताले पनि धर्मको नाममा गरिएको प्रदर्शन अराजकता भएको र यसले सामाजिक सदभावमा खलल पुरयाउन सक्ने बताए ।

राजपाका केन्द्रीय सदस्य जनार्दन यादवले जनताले जिताएर पठाएका नेतालाई मुख्यमन्त्री बनाउने फोरम नेपालको निर्णयका विरोधमा धर्मको रंग दिएर प्रदर्शन गर्नु निन्दनीय भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.