सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता
काठमाडौँः आईसीसी विश्व क्रिकेट डिभिज २ अन्तरत आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेको छ । नामिबियामा भइरहेको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङमा जाने निर्णय गरेपछि केन्याले अहिले ब्याटिङ गरिरहेको छ ।
ताजा अवस्थामा नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिन सफल भएका छन् । उनले उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा पेभेलियनको बाटो देखाएका छन् ।
४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलताए दिलाएका हुन् । नेपालका अन्य बलरहरु आजको खेलमा महँगो सावित भइरहेका छन् ।
त्यसैगरी सन्दीपले खेल १८.४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाएका हुन् । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भएका हुन् ।
केन्याले ताजा अवस्थामा १९.२ ओभर व्याटिङ गर्दै ७७ रन बनाएको छ । उसका दुवै विकेट सन्दीपले लिन सफल भएका हुन् । अन्य नेपाली बलरहरुलाई भने केन्याली ब्याट्सम्यानले दबाबमा राखेका छन् ।