सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौँः आईसीसी विश्व क्रिकेट डिभिज २ अन्तरत आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेको छ । नामिबियामा भइरहेको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङमा जाने निर्णय गरेपछि केन्याले अहिले ब्याटिङ गरिरहेको छ ।

ताजा अवस्थामा नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिन सफल भएका छन् । उनले उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा  पेभेलियनको बाटो देखाएका छन् ।

४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलताए दिलाएका हुन् । नेपालका अन्य बलरहरु आजको खेलमा महँगो सावित भइरहेका छन् । 

त्यसैगरी सन्दीपले खेल १८.४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाएका हुन् । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भएका हुन् । 

केन्याले ताजा अवस्थामा १९.२ ओभर व्याटिङ गर्दै ७७ रन बनाएको छ । उसका दुवै विकेट सन्दीपले लिन सफल भएका हुन् । अन्य नेपाली बलरहरुलाई भने केन्याली ब्याट्सम्यानले दबाबमा राखेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.