पृथ्वी सुब्बा गुरूङ प्रदेश चारको मुख्यमन्त्रीमा नियुक्त हुँदै
पोखरा: नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ चार आज (सोमबार) प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । मुख्यमन्त्रीमा नियुक्तिका लागि गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष आवेदन दिएका छन् ।
गुरुङले एमाले र माओवादी केन्द्रका ३९ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई आवेदन दिएका हुन् । गुरुङ एमालेका चार नम्बर प्रदेश संयोजक किरण गुरुङलाई सहमतिमा ल्याएर यो प्रदेशमा सर्वसम्मत मुख्यमन्त्री भएका हुन् ।