देशकै पहिलो मुख्यमन्त्रीले सम्हाले कार्यभार

देशकै पहिलो मुख्यमन्त्रीले सम्हाले कार्यभार

हेटौंडाः देशकै पहिलो मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले प्रदेश ३ मा कार्यभार सम्हालेका छन् । प्रदेश तीनको मुख्य मन्त्रीमा नेकपा एमालेका प्रदेश संसदीय दलका नेता डोरमणि पौडेलले कार्यभार सम्हालेका हुन् । उनले मुख्यमन्त्री भएपछि हेटौँडाकै सहिद स्मारकमा पुगेर सहिदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।

पौडेललाई आइतबार साँझ तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्य मन्त्री नियुक्त गरेकी थिइन् । नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम नेकपा एमाले प्रदेश नम्बर तीन संसदीय दलको कार्यालयको सिफारिसमा संसदीय दलका नेता पौडेललाई प्रदेश प्रमुख अनुराधा कोईरालाले मुख्य मन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव चत्रुभुज ज्ञवालीले बताए ।

एमाले संसदीय दलका नेता पौडेलले बहुमतसहित ५८ जना सांसदको हस्ताक्षर भएको पत्र तथा नेकपा माओवादी केन्द्रबाट समर्थन पाएको पत्र सहित मुख्य मन्त्री नियुक्ति गर्न प्रस्ताव गरेपछि कोइरालाले आइतबार साँझ पौडेललाई मुख्यमन्त्रीमा नियक्त गरेकी थिइन् ।

मुख्यमन्त्री पौडेलको सोमबार सपथ लिएपछि कार्यभार पनि सम्हालेका हुन् । मुख्य मन्त्री भएपछि प्रतिक्रिया दिँदै पौडेलले तीन नम्बर प्रदेशलाई अन्य प्रदेशले सिक्नेगरी नमुना प्रदेश बनाउन काम गर्ने बताए । ‘सबैले विश्वास गरेर मलाई मुख्यमन्त्री बनाउनुभएको छ, म सबै पक्षसँग सहकार्य गरेर प्रदेशको विकासमा लाग्नेछु ।’

को हुन् डोरमणि पौडेल ?

मकवानपुर १(ख) मा प्रदेशसभा सदस्यमा विजयी पौडेल २०६४ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । ७१ वर्षीय पौडेल ३८ वर्षदेखि राजनीतिमा सक्रिय छन् । २०५४ सालदेखि निरन्तर नेपाल नगरपालिका संघका अध्यक्ष रहेका उनले राजनीतिक मुद्धामा चार पटक कैद सजाँय र १८ पटक प्रहरी हिरासतमा परेका छन् ।

राज्य पुनर्संरचना उच्च स्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तराष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक बिकास समितिको अध्यक्ष समेत हुन् ।

पञ्चायतका टाउकाको मूल्य तोकियो

काठमाडौंको तत्कालिन फपिङ्ग गाबिसमा बि.सं. २००२ साल चैत्र १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो । बि.सं. २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनले २०३२ देखि १० बर्ष शिक्षकको जागिर खाएका थिए ।

लामो समय अर्धभूमिगत भूमिगत बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए । मायानाथ पौडेल र कुलकुमारी पौडेलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक(बीए) सम्मको औपचारिक अध्ययन गरेका छन् ।

विकासप्रेमी नेता

विकासप्रेमी नेताको छबि बनाएकका पौडेलकको नेतृत्वमा हेटौंडा ११ स्थित नवलपुरमा सहदि स्मारक बनेको छ । दुई दशक अघिसम्म जंगलको रुपमा रहेको सहिद स्मारक मकवानपुरको प्रमुख पर्यटकीय केन्द्र बन्न पुगेको छ । शहिद स्मार विकास समितिका अध्यक्ष रहेका पौडेलकै नेतृत्वमा हेटौंजा बजार सुन्दर र सफा बनेको हो । उनी मेयर हुँदा सडक दयाँ बायाँ अशोकको बिरुवा रोप्ने र शहर सफाईको काम सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.