प्रदेश ६ को सभामुखमा राजबहादुर शाही

 प्रदेश ६ को सभामुखमा राजबहादुर शाही

सुर्खेत : प्रदेश नम्बर ६ को सभामुखमा राजबहादुर शाही निर्वाचित भएका छन्। वीरेन्द्रनगरमा सोमबार सम्पन्न प्रदेशसभाको बैठकले शाहीलाई सभामुख चयन गरेको हो। एउटा मात्र उम्मेदवारी परेकाले बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य हिमबहादुर शाहीले एमालेको तर्फबाट सांसद रहेका राजबहादुर शाहीलाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

प्रदेशसभाको बैठकमा एमाले सांसद प्रकाश ज्वालाले शाहीलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावलाई माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए।

एमाले र माओवादीको तर्फबाट आइतबार उम्मेदवारी दर्ता गराएका शाही सभामुखमा निर्वाचित भएका हुन्। उनी दैलेख निर्वाचन क्षेत्र नम्बर-२ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए।

एमाले र नेकपा माओवादी केन्द्रले यो प्रदेशको मुख्यमन्त्री पद माओवादी केन्द्र, सभामुख पद एमाले र उपसभामुख पद माओवादी केन्द्रले पाउनेगरी भागवण्डा गरेका छन्। प्रदेश ६ मा संसदमा प्रतिनिधित्व गर्ने एमालेका २०, माओवादीका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका एक गरी ४० जना सांसद छन्।

माओवादीले एमालेसँग गठबन्धन गरेको र संसदमा आफ्नो बहुमत नभएपछि कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिएन। यस्तै बैठकले उपसभामुख चयनका लागि फागुन ५ गतेको मिति तोकेको छ।

सभामुखमा निर्वाचित भएपछि शाहीले ऐतिहासिक जिम्मेवारी पाएको बताए। सबैसँगको सहकार्यमा संसदलाई जिम्मेवार र मर्यादित बनाउने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.