केन्याविरुद्ध सन्दीपको प्रभावशाली बलिङ, चार विकेट झारे

केन्याविरुद्ध सन्दीपको प्रभावशाली बलिङ, चार विकेट झारे

काठमाडौँः नेपालका युवा स्पिनर सन्दीप लामिछानेले आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को खेलमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

आईसीसी विश्व क्रिकेट डिभिज २ अन्तरत आफ्नो चौथो खेलमा सन्दीपले बलियो टिम केन्याको चार विकेट लिन सफल भएका हुन् । सुरुवातमा नेपाललाई दबाबमा राख्दै रन बटुलिरहेको केन्याविरुद्ध सन्दीप बलिङमा उत्रिँदै प्रभावशाली खेल पस्केका हुन् । उनले ८ ओभर बलिङ गर्दै केबल १२ रन मात्रै दिएर केन्याका चार विकेट झार्न सफल भएका हुन् ।

नेपालका १७ वर्षीय स्पिनर सन्दीपले उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा पेभेलियनको बाटो देखाएका छन् । ४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसैगरी सन्दीपले खेल १८।४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाए । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भए ।

सन्दीपले ३३।१ र २ ओभरमा केन्याका लगातार दुई विकेट झार्न सफल भएका छन् । उनले ३३ ओभरमा पहिलो बलिङ गर्दै पाँचौ क्रममा आएका केन्याका कप्तान आरआर पटेललाई कप्तान पारस खड्कामार्फत क्याच आउट गराउन सफल भएका हुन् ।

त्यसैगरी दोस्रो बलमा पनि उनले छैटौँ क्रममा क्रिजमा आएका आरएन पटेललाई एलबीडब्लु धरापमा पार्दै शून्य रनमा पेभेलियन फर्काइदिए । नेपालका लागि अर्को विकेटका रुपमा करिमलाई बसन्त रेग्मीले आउट गरिदिए ।

ताजा अवस्थामा केन्याले अहिले ३५।५ ओभरमा ५ विकेट गुमाउँदै १०८ रन बनाउन सकेको छ । सन्दीपले प्रमुख ब्याटसम्यानहरुलाई पेभेलियन फर्काइदिएपछि केन्याको ब्याटिङ लाइन अप धर्मराएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.