प्रदेश १ का सभामुखले लिए सपथ, आजै पदभार ग्रहण

प्रदेश १ का सभामुखले लिए सपथ, आजै पदभार ग्रहण

विराटनगर : प्रदेश नम्बर १ का सभामुख प्रदीप भण्डारीले सोमबार सपथ लिएका छन् । प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाले एक समारोहबीच भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

प्रदेश प्रमुख निवास सुनसरी मोरङ सिँचाइ आयोजना कार्यालय परिसरमा आयोजित कार्यक्रममा भण्डारीले सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा प्रदेश १ का प्रदेश सभा सदस्य, प्रदेश मुख्य सचिव, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी र प्रदेशका मन्त्रालयका सचिव तथा कर्मचारीको उपस्थिति थियो ।

आइतबार एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुख बनाउन सर्वसम्मत निर्णय गरेको थियो । सोमबारको प्रदेशसभाको बैठकमा सभामुख चयन गर्न भण्डारीको नाममा मात्र प्रस्ताव परेपछि बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । भण्डारीको पक्षमा सांसद तुलसी न्यौपानेले प्रस्ताव र तेह्रथुमका सांसद लक्षुमन तिवारीले समर्थन गहेका थिए ।

सभामुख भण्डारीले आजै बस्ने प्रदेश सभाको अर्को बैठकमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको संघीय मामिला तथा संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.