सोमपाल र शरदले लिए लिए केन्याको छैटौँ र सातौँ विकेट
काठमाडौँः नामिबियामा जारी आईसीसी विश्व क्रिकेट डिभिज २ अन्तरत आफ्नो चौथो खेलमा नेपालले केन्यासँग खेलिरहेको छ । ताजा अवस्थामा केन्याले ४३ ओभर खेल्दै ६ विकेटको क्षतिमा १३१ रन बनाएको छ । नेपालका लागि छैटौँ विकेट सोमपाल कामीले लिएका छन् ।
त्यसैगरी शरद भेशवाकरले सातौँ सफलता दिलाउने क्रममा केन्याका गुर्दिप सिंहको विकेट लिन सफल भएका छन् । उनले ४३ औँ ओभरको तेस्रो बलमा गुर्दिपलाई आउट गरेका हुन् ।
उनले ओब्युयालाई ४२ ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका हुन् । यसअघि नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । त्यसैगरी अर्को एक विकेट बसन्त रेग्मीको नाममा रहेको छ ।