मधेशी जनतालाई कसैले हेप्‍न सक्दैन : अध्यक्ष यादव

मधेशी जनतालाई कसैले हेप्‍न सक्दैन : अध्यक्ष यादव

गौर : संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अब मधेशी जनता ५ वर्ष अघिको जस्तो नरहेकोले कसैले हेप्न नसक्ने बताएका छन्। 

सोमबार रौतहटको गरुडा नगरपालिकाको नगरसभा उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेशी जनता आफ्नो अधिकारका लागि ज्यान दिन तयार भइसकेको उदाहरण दिँदै अबका दिनमा मधेशी जनता अधिकारसँगै विकास निमार्णमा अगाडी बढ्ने बताएका छन्।

प्रदेश नम्बर २ मा स्वास्थ्य, शिक्षा, सरसफाइको अवस्था नाजुक रहेको बताउँदै गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको समेत उनले बताए।विश्वमा नेपाल पछाडी रहेको त्यसमा पनि प्रदेश नम्बर दुई अझ पछाडी रहेकाले यस प्रदेशलाई अबका दिनमा विकास र समृद्धीतर्फ लैजानु पर्नेमा अध्यक्ष यादवले जोड दिए।

गरिबी, बेरोजगारी, कम आय र अभावले जकडेको मधेशलाई देशकै सबैभन्दा समृद्ध प्रदेश बनाउन मधेशी जनता सक्षम रहेको उनले बताए।पहिले जस्तो विकास निमार्णको बजेट हिनामिना हुन नदिन सबै सचेत हुन समेत उनले आग्रह गरेका छन्। विकास बजेट कहाँ कति खर्च भयो जनताले जनप्रतिनिधीहरुसँग हिसाब माग्नु पर्ने सुझाव उनले दिएका छन्।

उनले थपे ‘होटलमा बसेर कागजमा विकास गरी गिलासले पिउने प्रथाको अन्त्य हुनुपर्छ।'मधेशमा जातीय धृणाको अन्त्य गर्न जरुरी रहेको बताउँदै अध्यक्ष यादवले २१ औं शताब्दीमा जातको भन्दा व्यक्तिको गुण र दोषको आधारमा अगाडी बढ्नुपर्ने धारणा राखेका छन्।लोकतन्त्रमा लुटतन्त्रको अन्त्य हुनुपर्ने र त्यसको लागि आम नागरिकले खबरदारी गर्नुपर्ने अध्यक्ष यादवले बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.