कप्तान पारस खड्का ४२ रन बनाएर आउट भए
काठमाडौँः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन अन्तरगतको सोमबारको खेलमा नेपाल अहिले केन्याले दिएको लक्ष्य पछ्याइरहेको छ ।
१७८ रनको चुनौती पछ्याइरहेको नेपालले ताजा अवस्थामा चार विकेट गुमाइसकेको छ । नेपालका लागि चौथो विकेटका रुपमा कप्तान पारस खड्का ४२ रन बनाउँदै आउट भएका छन् ।
उनलाई ४४ बलमा ४२ रनको गतिलो पारी बनाएको अवस्थामा केन्याका एनएम ओडियाम्बोले पेभेलियनको बाटो देखाएका हुन् । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल ९, अरिफ शेख शून्य दीपेन्द्रसिंह ऐरी १ रन बनाउँदै आउट भइसकेका छन् ।
पहिले ब्याटिङ गरेको केन्याले ८ विकेटको क्षतिमा पुरै ५० ओभर खेल्दै १७७ रन बनाएपछि नेपालले १७८ रनको चुनौती पाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिएका थिए ।