शिवरात्रिको शुभकामना दिँदै ओलीले भनेः तीन कुरामा कसैसँग सम्झौता हुँदैन

शिवरात्रिको शुभकामना दिँदै ओलीले भनेः तीन कुरामा कसैसँग सम्झौता हुँदैन

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा नेपालीलाई शुभकामना दिएका छन् । उनले मंगलबार एक शुभकामना सन्देश दिँदै देश विदेशमा रहेका नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीहरुबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिएका छन् । ‘धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भहरु हुन्,’ अध्यक्ष ओलीको भनाइ छ, ‘धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।’

ओलीले प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकोले अबको प्राथमिकता विकास र समृद्धि भएको बताएका छन् । अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देसमा भनेका छन्, ‘निर्वाचन मार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि कसैसँग पनि सम्झौता गर्दैनौ ।’

नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक देश भएकोले यहा“ हरेक जातजातिका आफ्ना आफ्ना चाड पर्व भए पनि सबैजाति र धर्म मान्ने सम्प्रदायले अपनत्व महसुस गर्नु नेपालीको मौलिकपन भएको ओलीको शुभकामनामा उल्लेख छ ।

महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समूदायले उत्तिकै श्रद्धा गरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताएका ओलीका प्रेस संयोजक चेतान अधिकारीले जानकारी दिएका छन् ।

ओलीले संविधानबाट नै धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गर्दै नेपालीको शान्ति र समृद्धिको चाहनालाई नयाँ सरकारले पूरा गर्न हरतरहले काम गर्ने विश्वास दिलाएका छन् । उनले नेपाललाई विकास र समृद्धिको यात्रामा अघि बढाउन नेपाली–नेपालीबीचको एकता तथा समन्वय अपरिहार्य रहेको बताउँदै सबैले आफ्नो ठाउँमा सहयोग गर्न पनि अपिल पनि गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.