प्रदेश ५ को सभामुखमा घर्तीको उम्मेदवारी

प्रदेश ५ को सभामुखमा घर्तीको उम्मेदवारी

 

बुटवल : प्रदेश नम्बर ५ को सभामुखका लागि मंगलबार मनोनय दर्ता भएको छ। ्र रुकुम पूर्वबाट सांसदमा निर्वाचि भएका माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले उम्मेदवारी नदिएपछि उनी फागुन २ गतेको संसद बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित हुनेछन्।

मंगलबार पहिलो चरणमा नै घर्तीले उम्मेद्वारी दर्ता गराएका हुन। माओवादीका प्रमुख सचेतक दधिराम शर्मा प्रस्तावक र एमालेका प्रमुख सचेतक भूिमश्वर ढकाल सर्मथक रहेर घर्तीको उम्मेद्वारी दर्ता भएको हो। उमेद्वारी दर्ता गरेपछि पत्रकारसँग बोल्दै घर्तीले संसदीय अभ्यासबाट जनताको पक्षमा विकास निर्माणको काम अघि बढाउने बताए।

सभामुखको निर्वाचनका लागि फागुन २ गते दोस्रो संसद बैठक बस्दैछ। बैठकबाट सभामुख चुनिएपछि साँझ ५ बजे प्रदेश प्रमुख उमाकान्त झाले शपथ खुवाउने कार्यक्रम तय भइसकेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

२०३७ सालमा विद्यार्थी राजनीति हुँदै पार्टीमा लागेका उनी हाल माओवादी केन्द्रको ५ नम्बर प्रदेश इन्चार्ज छन्। माओवादी जनयुद्ध कालमा उनी सांस्कृतिक समूहको नेतृत्वमा थिए। जनवादी गायकका रुपमा १७ वर्ष काम गरेका उनी रुकुमको जनसरकार प्रमुख पनि थिए। वाम गठबन्धनको भागबण्डाका आधारमा पुन प्रदेश ५ को सभामुख पदको उम्मेदवार बनेका हुन।

सभामुखको निर्वाचनका लागि संसद भवनलाई नयाँ स्वरुपमा सजाइएको छ। संसदमा आफ्नै नया कुर्सी र टेबल व्यवस्थापन गरिएको छ। सत्तापक्ष र प्रतिपक्षका कुर्सीहरु छुट्याएर राखिएको छ भने सांसदका अघि टेवल राखिएका छन्। कर्मचारी भने अझै पूर्ण संख्यामा आइसकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.