प्रचण्डले भनेः नेतृत्व गर्नेे अवसर अब हाम्रो काँधमा

प्रचण्डले भनेः नेतृत्व गर्नेे अवसर अब हाम्रो काँधमा

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टीको नेतृत्व गर्ने अवसर आफूहरुको काँधमा आएको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित २३ औँ जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यष दाहालले पार्टी एकता गरेर कम्युनिष्ट आन्दोलनलाई एक बनाउने अवसरलाई गुम्न दिन नहुने बताएका हुन् ।

‘कम्युनिष्ट आन्दोलनलाई एक बनाएर नेतृत्व गर्ने अवसर हामीलाई आएको छ’, उनले भने , ‘हामीलाई प्राप्त भएको यो अवसरलाई गुम्न दिनुहुँदैन ।’

पटक पटक भावुक हुँदै बोलेको अध्यक्ष दाहालले नेतृत्व भने सहजरुपमा प्राप्त नहुने पनि उल्लेख गरे । ‘नेतृत्व भनेको सक्रियता, क्षमता, त्याग र तपस्याबाट लिनुपर्ने हो, कसैले दिँदैन’, दाहालले जोड दिए, ‘त्यो सुयोग्य अवसर हामीलाई प्राप्त भएको । महान बहसबाट मात्रै महान क्रान्ति सम्भव छ, एकताको बहसबाट कोही पनि नभागौँ ।’

साम्राज्यवादी र सामन्तवादीहरु एकता प्रक्रिायको विरुद्धमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टी छाडेका नेत्रविक्रम चन्द र मोहन वैद्यलाई पनि सम्बोधनको प्रयास गरे ।

‘साम्राज्यवादी र सामन्तवादीहरु एकताको विपक्षमा छन्’, उनले भने, ‘एकताको महान बहस छाडेर तपाईँहरु साम्राज्यवादी र प्रतिक्रियावादीमध्ये कता ?’

अध्यक्ष दाहालले सोमबार एमाले अध्यक्ष केपी ओलीसँग भएको वान टु वान वार्तामा एमाले नेतृत्वले जनयुद्धको ऐतिहासिक भूमिका र महत्व थियो भन्ने स्वीकारेकाले पार्टी एकता प्रक्रिया निर्णायक मोडमा पनि पुगेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.