विप्लव र वैद्यलाई प्रचण्डको सन्देशः जनताबाट भागेर क्रान्ति हुँदैन

विप्लव र वैद्यलाई प्रचण्डको सन्देशः जनताबाट भागेर क्रान्ति हुँदैन

काठमाडौँः जनयुद्धको २३ औँ वार्षिकोत्सव मनाउन पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भावुक देखिए ।

२०५२ सालदेखि १० वर्षसम्म आफ्नो नेतृत्वमा सञ्चालित जनयुद्धका आफ्ना दुई सहयात्रीलाई सम्झिँदै उनले जनताबाट भागेर क्रान्ति हुन नसक्ने सन्देश पनि दिए ।

भावुक शैलीमा मन्तव्य दिने क्रममा उनले जनयुद्धका आफ्ना सहयात्रीहरु मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई फकाउने कोशिस पनि गरे ।

प्रचण्ड नेतृत्वको माओवादीले बाटो बिराएको भन्दै बाहिरिएका वैद्य र विप्लवले अहिले अलग अलग कम्युनिष्ट पार्टी चलाइरहेका छन् ।
‘रहर गरेर मात्रै क्रान्ति हुन सक्दैन, क्रान्तिको दिवास्वप्नबाट ब्युँझनुस्’, दाहालले भने, ‘जनताको साथ बिना क्रान्ति हुनै सक्दैन र जनतासँग भागेर पनि क्रान्ति हुँदैन ।’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका करिब १०० कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको सन्दर्भमा दाहालले यस्तो सन्दर्भ जोडेका हुन् ।

पढ्नुस्: प्रचण्डले भनेः नेतृत्व गर्नेे अवसर अब हाम्रो काँधमा

 

त्यसैगरी उनले आफ्ना गुरु मोहन वैद्यलाई पनि सन्देश दिए । ‘मेरा गुरु भनेर परिचित मोहन वैद्यलाई पनि मेरो आग्रह द्वन्द्वात्मक भौतिकवाद र अतिभूतवादको फरक के हो ?’, उनले सोधे, ‘किताब लेख्न पढ्न त सकिन्छ तर जीवनमा लागू गर्न पनि सक्नुपर्छ । त्यसका लागि जनता जहाँ छन् जानुपर्छ जनताबाट भागेर क्रान्ति हुँदैन ।’

उनले दुवै नेतालाई एकै ठाउँमा आउन पनि अपिल गरे । ‘मेरो गम्भीर र हार्दिक अपिल छ एकै ठाउँमा आउनुस् समृद्धि र समाजवादका लागि एक बनौँ’, दाहालले थपे, ‘साम्राज्यवादीहरु एकता प्रक्रिायाको विरुद्धमा छन् तपाईँहरु सामज्रावादी र प्रतिक्रियावादी मध्ये कता ?’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.