तीन मिनेटमा मजदुर नेताले गरे पेरिसडाँडामाथि 'हमला'

तीन मिनेटमा मजदुर नेताले गरे पेरिसडाँडामाथि 'हमला'

काठमाडौं : पार्टी मुख्यालय पेरिसडाँडामा जनयुद्धको २३ औँ वार्षिकोत्सव कार्यक्रम चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हतारोमा देखिन्थे।

कार्यक्रमको सभापतित्व गरिरहेका योङ कम्युनिस्ट लिग (वाइसीएल) का अध्यक्ष रामप्रसाद सापकोटा सहितसँग प्रचण्डको कानेखुसीपछि आयोजक वाइसीएलले कार्यक्रमको 'सेड्युल' परिवर्तन गर्‍यो।

प्रचण्डसँग आयोजकको कानेखुसी हुँदा ड्यासमा भाषण गरिरहेका थिए- माओवादी केन्द्रनिकट मजदुरहरूको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्की।

हरेक वक्तालाई बोल्न तीन मिनेट समय दिइएको थियो।

'म भन्दा अघिका वक्ताहरूले धेरै राम्रा राम्रा कुरा भन्नुभएको छ' भन्दै सम्बोधन सुरु गरेका कार्कीले तीन मिनेटमै नेताहरूमाथि हमला गर्न भ्याए- 'मजदुरहरूलाई कम्पनीहरूबाट निस्कासन गर्ने अनि समाजवादका नारा लगाउने? कहाँ तालमेल मिल्छ?'

पढ्नुस्: वैद्य र विप्लवलाई सम्झँदा प्रचण्डले बाबुरामलाई किन छुटाए ?

 

कार्कीले माओवादीको व्याख्या र व्यवहारबीच तालमेल नमिलेको भन्दै नेताहरूमाथि हमला गरे। नेताहरूको नाम लिएर उद्योग तथा कम्पनीहरूमा मजदुरहरू निष्कासन भएको दावी गर्दै उनले नेता सेयर रहेका कम्पनीमा मजदुरहरू पीडित रहेको बताए।

'कतिपय प्रतिष्ठानहरूमा के भनिएको छ भने- यो त फलाना नेताको हो। यहाँ उहाँको ह्वीप जारी हुन्छ। त्यसकारण तपाईँले संगठन दर्ता गर्न पाउनुहुन्न भनेर मजदुरहरू निस्कासन भएका छन्', उनले भने, 'कतिपय हाइड्रोपावरमा यहाँ फलानो नेताको सेयर छ, तपाईँले यहाँ न्यूनतम बेतनको कुरा गर्न पाउनुहुन्न भनिएको छ।'

उनले एउटा कम्पनीमा 'नेताको सिधै हस्तक्षेप हुन्छ, संगठन बनाउन पाइन्न भनेर ६४ जना मजदुर निस्कासन भएको' बताए। 'यसरी एउटा वर्गलाई निस्कासन गर्दै जाने अनि समाजवादको नारा लगाउँदा कहाँ तालमेल मिल्छ?', उनको प्रश्न थियो।

पढ्नुस्: प्रचण्डले भनेः नेतृत्व गर्नेे अवसर अब हाम्रो काँधमा

 

उद्‍घोषकले 'छोट्याउनुस्, छोट्याउनुस्' भन्दै थिए तर उनी रोकिएनन्। 'समाजवादको कुरा सबैभन्दा बढी हामी गरिरहेका छौँ। समाजवादलाई सपनाको रुपमा व्याख्या गरिरहेका छौँ, विपनाका रुपमा हेर्ने किन नहेर्ने?', उनको प्रश्न थियो, 'समाजवादको व्याख्या अँध्यारो सुरुङमा छिरेजस्तो जस्तो देखिएको छ।'

समृद्धि अमेरिका र भारतसहितका देशमा पनि रहेको भन्दै उनले भने- 'तर सुनिन्छ- मजदुरहरूको तलब घट्दै गएको छ। नेपालमा पनि त्यस्तै समृद्धि चाहिएको हो?'

उनले यति भन्दा नभन्दै उद्‍घोषकदकबाट फेरि सन्देश आयो- 'छोट्याउनुस्।' कार्कीले आफनो भाषण टुंग्याए। 

पढ्नुस्: विप्लव र वैद्यलाई प्रचण्डको सन्देशः जनताबाट भागेर क्रान्ति हुँदैन

 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.