सैन्य पोशाकमा परेड खेल्दै निस्किए माओवादी (फोटो फिचर)

सैन्य पोशाकमा  परेड खेल्दै निस्किए माओवादी (फोटो फिचर)

नेपालगन्जः मङ्गलवार दिउँसो हरियो कम्व्याक्टमा सजिएका युवाहरू लस्करै सडक कब्जा गरेर अगाडि बढ्दै थिए । बाजागाजासहित सडक कब्जा गरेर अघि बढिरहेका युवाहरूको ताँतीले नेपालगन्जका नागरिकको ध्यान तान्यो । छापामार शैलीमा आएका युवाहरू अरू कोही नभएर नकमा क्रान्तिकारी माओवादीका कार्यकर्ता थिए ।

शान्ति सम्झौता भएको ११ वर्षपछि माओवादी छापारमारको झल्को मंगलबारको मार्चपासले दिलायो । बाँके र बर्दियाका माओवादी युवाहरू सम्मिलित समूहले नेपालगन्जको चारलेन सडक नै कब्जा गरेर आफ्नो जनयुद्धको झल्को दिएका थिए ।

जनयुद्धकालिन छापामार पोसाकमा आएका माओवादी कार्यकर्ताहरूले सशस्त्र विद्रोहको सम्झनामा २३ औँ जनयुद्ध दिवस मनाए । बाजागाजासहित आएका युवाहरूको ताँतीलाई नेपाल प्रहरीले सुरक्षा दिइरहेको थियो । धम्बोजी चोकमा पुगेपछि उनीहरूले आफ्नो स्थापना दिवस मनाउँदै अँझै क्रान्ति पुरा नभएको बताए ।

मङ्गलवार माओवादीका विभिन्न घटकले मङ्गलवार बाँकेमा २३ औँ जनयुद्ध फरक–फरक कार्यक्रम गरी मनाएका छन् । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सम्झनामा माओवादीका विभिन्न घटकले जनयुद्ध दिवस मनाउने गरेका छन् ।

शान्ति सम्झौतापछि सबैभन्दा ठुलो संसदीय दल बनेको माओवादी आन्तरिक लडाइका कारण टुक्रा–टुक्रामा विभाजित भएको छ । विभाजित समूहका कार्यकर्ताले फरक–फरक स्थानमा फरक नाराका साथ जनयुद्ध दिवसलाई सम्झिए ।

सशस्त्र विद्रोह सुरु गरेको दिनलाई सम्झँदै नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टीले छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । दिवसको अवसरमा बाँके, वर्दियाका नेकपा क्रान्तिकारी माओवादीले नेपालगन्ज, खजुरा लगायतका ठाउँहरूमा नारा जुलुस गर्दै र्‍याली निकालेका छन् ।

उनीहरू सैन्य पहिरनसहित नारा लगाउँदै र्‍यालीमा सहभागी भएका थिए । क्रान्तिकारी माओवादीको र्‍यालीलाई नेपाल प्रहरीले सुरक्षा दिएको थियो । उमेर पाकेका जेष्ठ नागरिकदेखि बालबालिकासम्मले माओवादीको तत्कालीन सैन्य पहिरनमा सडकमा उर्लिएका क्रान्तिकारी माओवादीले नयाँ जनवादी क्रान्ति समाप्त नभएको बताए । जनयुद्धले परिकल्पना गरेको शासन प्रणाली नआएको भन्दै क्रान्ति अझै आवश्यक रहेको क्रान्तिकारी माओवादी नेताहरूको भनाइ थियो ।

उनीहरूले नयाँ जनवादी क्रान्ति जिन्दाबाद, जनमुक्ति सेना नेपाल जिन्दाबाद, जनताको सुरक्षा सुनिश्चित गर, सम्पूर्ण उत्पीडित जनता एक हौ लगायतका नारा लगाएका थिए । उनीहरूले वर्तमान संविधानले सबै नागरिकको समस्या सम्बोधन नगरेको भन्दै संविधान खारेजीको माग समेत गरेका छन् ।

र्‍यालीपछिको कोणसभामा बोल्ने क्रान्तिकारी माओवादीका नेताले वर्तमान राजनीतिक खिचातानीका कारण देश आन्तरिक गृहयुद्धमा फस्ने चेतावनी दिएका थिए । साथै उनीहरूले जनताले आवश्यक महसुस गरे देशको स्वाभिमान रक्षाका लागि हतियार उठाउन समेत पछि नपर्ने चेतावनी दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.