एकताको अन्तिम टुंगो लाग्नुअघि भारतीय राजदूतले ओलीलाई भेटे

एकताको अन्तिम टुंगो लाग्नुअघि भारतीय राजदूतले ओलीलाई भेटे

काठमाडौँः नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया अन्तिम अवस्थामा पुगेको बेला भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छ्न ।

माओवादीसँगको एकताप्रक्रिया टुंगो लाग्न लागेको अवस्थामा भएको यो भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । राजदूत पुरी र अध्यक्ष ओलीबीच सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

माओवादीसँगको एकताका लागि अन्तिम प्रक्रिया पुरा गर्ने काममा व्यस्त भएका अध्यक्ष ओलीसँग भेटेर राजदूत पुरी दुई दलको एकताबारे पनि चासो राखेका थिए ।

ओलीको सचिवालय स्रोतका अनुसार भेटका क्रममा राजदूत सिंहले सरकार गठनबारे विशेष चासो व्यक्त गरेका थिए । पुरीको चासोबारे जवाफ दिँदै ओलीले सरकार गठनमा गृह कार्य भइरहेको बताएका थिए । ओलीले निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई पठाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्ने बताएका थिए ।

नेपालले आफ्नो संविधान आफैँले बनाएपछि रुस्ट भएको भारतले नेपालमा ६ महिना लामो नाकाबन्दी गरेसँगै अध्यक्ष ओलीसँग सम्बन्ध बिग्रिएको थियो । नयाँ संविधानको स्वागत समेत नगरेको भारतले नेपालमा वाम गठबन्धनले मंसिरमा भएको चुनावमा बहुमत ल्याएपछि अध्यक्ष ओलीसँग सम्बन्ध सुधारको प्रयास थालेको हो ।

वाम गठबन्धनले बुहमत ल्याए यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्ष ओलीलाई तीन पटक फोन गरिसकेका छन् । फोनमा उनले अध्यक्ष ओलीलाई वाम गठबन्धनन विजयी भएकोमा बधाई दिएका छन् भने भावी प्रधाननमन्त्रीकारुपमा शुभकामना दिँदै सहकार्यका लागि तयार रहेको जनाउ पनि दिइसकेका छन् ।

यसअघि मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई पनि नेपालको निम्तोबिना नै विशेष दूतका रुपमा पठाएर ओलीसँग सम्बन्ध सुधारको प्रयास गरेका थिए । संविधानको स्वागत नगरेका मोदीले नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको जनाउ दिएर संविधान पनि स्वीकारेको जनाउ दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.