पदाधिकारीमा दुई अध्यक्ष मात्रै, सानो कमिटी बन्ने

पदाधिकारीमा दुई अध्यक्ष मात्रै, सानो कमिटी बन्ने

काठमाडौं : एमाले र माओवादी केन्द्रको एकतापछि दुई अध्यक्ष मात्र पदाधिकारी रहने र सानो कमिटी बनाएर महाधिवेशनमा जाने तयारी भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको ‘वन–अन–वन’ छलफलमा पदाधिकारी व्यवस्थापन र सैद्धान्तिक विषयमा कुराकानी भएको थियो ।

‘अहिलेलाई दुई जना अध्यक्ष मात्र पदाधिकारीमा रहने र सानो कमिटी बनाएर महाधिवेशनमा जाने समझदारी बनेको छ’, एमाले सचिव प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने । द्विअध्यक्ष रहेर पार्टी एकता गर्ने सहमति ओली र दाहालबीच सोमबार भएको थियो ।

पार्टीका अन्य पदाधिकारीका विषयमा मंगलबार छलफल भए पनि हाललाई द्विअध्यक्ष मात्र पदाधिकारी राख्ने र महाधिवेशनसम्म पार्टीको वैचारिक र सैद्धान्तिक पक्षमा बहस चलाएर पदाधिकारीको टुंगो लगाउने समझदारी ओली र दाहालबीच बनेको नेताहरू बताउँछन् । एमालेभित्र महासचिव पद पनि कायम राखेर जानुपर्नेमा केही नेताको जोड छ ।

विकल्पका रूपमा एमालेका पदाधिकारी यथावत् राख्ने र माओवादी केन्द्रबाट केही पदाधिकारीमा थप गरेर जाने विषयमा पनि एमालेभित्रैबाट माग भइरहेको स्रोतले बतायो ।

ओली र दाहालबीच अरू पदाधिकारी नराख्ने समझदारी बने पनि यस विषयको अन्तिम टुंगो बुधबार बस्ने एकता संयोजन समितिको बैठकले लगाउनेछ । यस्तै ओली र दाहालबीच द्विअध्यक्षतात्मक प्रणाली, पार्टीको नाम र सैद्धान्तिक विचारका विषयमा भएको सहमतिलाई एकता संयोजन समितिले अन्तिम टुंगो लगाउनेछ ।

‘एकतापछि पार्टीको वैचारिक र सैद्धान्तिक पक्षमा लामो बहस लिएर जान्छौं’, एमाले सचिव ज्ञवालीले भने, ‘कम्युनिस्ट आन्दोलन कसरी अघि बढाउने भन्ने बहसले नै धेरै कुराको निर्धारण गर्नेछ ।’

एकतापछि पार्टीको नाम पछाडिका पुछार हटाएर ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राख्नेमा ओली र दाहालबीच सहमति भइसकेको छ । सरकारको नेतृत्व आलोपालो गर्ने र सुरुको नेतृत्व ओलीले गर्ने गरी सरकार निर्माण प्रक्रिया पनि अघि बढाउने विषयमा ओली र दाहालबीच कुराकानी भएको थियो ।

निर्वाचन आयोगले फागुन २ भित्र प्रतिनिधिसभा समानुपातिकको नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी गरेपछि दाहाल र ओलीले सरकार निर्माणको गृहकार्य पनि सुरु गरेका हुन् ।

आयोगले समानुपातिक नतिजा रोकेका कारण निर्वाचन सम्पन्न भएको दुई महिना बढी बित्दा पनि सरकार गठन हुन सकेको छैन ।

ओलीसँग भारतीय राजदूतको भेट

एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा सहमति जुटेकै भोलिपल्ट भारतीय राजदूत मञ्जीवसिंह पुरीले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार एमाले संसदीय दलको कार्यालयमा भएको उक्त भेटवार्तामा राजदूत पुरीले ओलीलाई शिवरात्रिको शुभकामना दिएका थिए । त्यस क्रममा राजदूत पुरीले सरकार कहिले गठन हुन्छ भनी ओलीसँग जिज्ञासा राखेको एमाले नेता राजन भट्टराईले जानकारी दिए । जवाफमा ओलीले सरकार गठन छिट्टै हुने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.