लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री नियुक्त, को हुन् राउत ?

लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री नियुक्त, को हुन्  राउत ?

जनकपुर : संघीय समाजवादी फोरमका नेता मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बुधबार ११ः३० बजे उनलाई जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्रीमा नियुक्त भएको नियुक्ती पत्र दिएका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएका राउतले बिहीबार पद तथा गोपनियताको सपथ लिने छन्। उनीसँगै राजपा र फोरम गठबन्धनले तत्कालका लागि तीन वा चार सदस्यीय मन्त्रीमन्डलसमेत गठन गर्ने तयारी गरेको छ। कुन मन्त्रालय कसले लिने भन्नेमा टुंगो नलागेको राजपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताए।

मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई प्रतिक्रिया दिदैं राउतले प्रदेश २ लाई समृद्ध र सक्षम बनाउने जिम्मेवारी आफ्नो कांधमा आएको बताए। उनले भने ‘मधेसवादी दल नेतृत्वको सरकारले सबैलाई साथमा लिई समृद्धिको पक्षमा र शहिदहरुको सपना साकार गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

को हुन् मुख्यमन्त्री लालबाबु राउत ?

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा नियुक्त भएका लालबाबु राउतको पूरा नाम ‘मोहम्मद लालबाबु राउत गद्दी’ हो। पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित राउतको जन्म २०२३ साल असार १५ गते भएको हो।

राउत पर्साको जगरनाथपुर गाउँपालिका-४ निवासी हुन। हाल वीरगञ्ज महानगर-१३ तेजारथ टोलमा बस्दै आएका छन्। राउतले अंग्रेजीमा एम.ए र कानुनबाट एलएलबी गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राउत पढाइपछि अस्थायी प्राध्यापकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसमा १० वर्ष अध्यापनसमेत गरेका छन्। उनले तत्कालीन वीरगञ्ज नगरपालिका कर्मचारीको रुपमा १५ वर्ष काम गरेका गरको उनले ०७० सालको संविधानसभा निर्वाचनअघि जागिर छाडेका थिए।

किसान परिवारमा जन्मिएका राउतले विद्यार्थीकालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन्। नेविसंघको हुँदै कांग्रेस राजनीतिमा लागेका राउत २०५८ सालदेखि फोरमका सक्रिय छन्। गैरसरकारी संस्थाका रुपमा ०५७ सालमा फोरम स्थापना भएदेखि अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रुपमा सघाएका राउतले मधेश आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। भने उनले २०७० सालदेखि फोरममा उपाध्यक्षको पद सम्हाल्दै आएका थिए।

दोस्रो संविधानसभामा समानुपातिक सभासद् बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए। पर्सा १ ‘ख’ मा प्रतिद्वन्द्वी विजय सरार्फलाई ३ हजार भन्दा बढी मतले पराजित गर्दै विजयी भएका हुन्।


दिउँसो प्रदेश सभाको बैठक बस्ने र सोही बैठकले सभामुख नियुक्त गर्ने कार्यक्रम रहेको छ। सभामुखमा राष्ट्रिय जनता पार्टीका सरोजकुमार यादव एक्ला उम्मेदवारका रुपमा रहेका छन्।

यस प्रदेशमा बहुमत ल्याएको संघीय समाजवादी फोरम र राजपा नेपालले मिलेर सरकार गठन गर्ने छन् । दुवै पार्टीबीच भएको सम्झौता अनुसार मुख्यमन्त्री फोरमले लिने र सभामुख राजपाले लिने गरि भागबण्डा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.