नेपाललाई पहिलो सफलता : १० औँ अाेभरमा एक विकेट
काठमाडौँः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ । नामिबियामा भइरहेको जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा छ।
ब्याटिङ लाइनअप बलियो रहेको क्यानडाले १० ओभरमा एक विकेट गुमाएको छ । नेपालले विकेट लिन १० औँ ओभर कुर्नु परेको हो ।क्यानडाका ओपनिङ ब्याट्सम्यान गुनाकेसरालाई रोहित पौडेलदले २४ बलमा ९ रन बनाउँदा क्याचआउट गरेका हुन् । नेपालको पहिलो विकेटका लागि बसन्त रोग्मीको बलमा पौडेलले क्याचआउट गरेका हुन् ।